'जाडोमा ब्ल्याङ्केट ल्याइदिन्छु भन्थ्यो’



होम कार्की/रवीन्द्र उप्रेती बर्दिया (महोत्तरी), अषाढ २२ - आँसु पनि रित्तिएछ क्यारे । ७२ वर्षीया रामपरी साहलाई मंगलबार अपराह्न भेट्दा यस्तै लाग्यो । इँटाको सानो घरभित्र रामपरी आफ्ना नातेदारसँग शोकमा डुबेकी थिइन् । आँखामा आँसु पनि थिएन । रुन सकेकी थिइनन् । मुख पूरै सुकेको थियो ।  ७५  वर्षीय पति पिरत साह भन्दै थिए, 'छोराको मृत्यु भएदेखि अन्न पनि खाएकी छैन ।' उनीहरूका २४  वर्षीय छोरा राकेशकुमारको मृत्यु भएको खबर सुनेदेखि नै यो परिवार शोकमा डुबेको छ । बर्दिया बन्चौरिया ३ महोत्तरीका साहको शनिबार बिहान साउदी अरेबिया रियादमा आगलागीमा मृत्यु भएको थियो । एसीमा विद्युत् सर्ट हुँदा उनीसहित ७ जनाको जलेर ज्यान गएको थियो । बाँकी ६ जना भारतीय नागरिक थिए ।  'दुई दिनअघि मात्रै छोरोसँग घर फर्कने विषयमा कुराकानी भएको थियो,' बुबा पिरतले भने, 'त्यतिखेर अहिलेसम्म म 'महाजनकै छोरा' भएको छ । तपाइँको छोरो भएपछि र्फकन्छु ।' उनले महाजनको छोराको अर्थ प्रस्टाए, 'छोरो साउदी गए पनि कमाएको एक पैसा हामीले पाएको छैन । कमाएको जति ऋण र ब्याज साहूलाई तिर्दैमा ठिक्क थियो । त्यसकारण आफूलाई 'महाजनको छोरो' भन्थ्यो ।'  उनको आफ्नो करार अवधि साउनमा सकिने भए पनि साहूको ऋण तिर्ने बाँकी रहेकाले अझ ५/६ महिना बसेर आउने बताएका रहेछन् । तीन वर्षअघि राकेशले स्थानीय साहूसँग १ लाख २० हजार सयकडा तीन रुपैयाँमा लिएका थिए । जसमा अब ६० हजारजति ऋण तिर्न बाँकी थियो । 'स्थानीय एजेन्टले मासिक ७ सय रियाल (१४ हजार रुपैयाँ) को तलब छ भनेर गएको थियो । तर त्यस्तो भएन,' उनले बताए, 'जम्मा महिनाको पाँच हजार रुपैयाँ पठाउँथ्यो । यो साहूको ऋण तिर्दै ठीक भयो ।'  उनी साउदीमा अल-सुवेनको सुपरमार्केटमा मालीको काम गर्थे । उनको मृत्युको खबर गाउँकै सँगै काम गर्ने वीरेन्द्र साहले सुनाए । शोकमा डुबेको परिवारलाई सहानुभूति दिन गाउँले आइरहेका छन् । सबैलाई आमा रामपरीको चिन्ताले सताएको छ । 'आमा, यो जाडोमा तपाईंलाई एउटा ब्ल्याङ्केट ल्याइदिन्छु भन्थ्यो । आउँदो जाडोमा पहिले जसरी कष्ट सहनुपर्दैन भन्थ्यो,' आमाले सकिनसकी भनिन्, 'मलाई ब्ल्याङ्केट चाहिएन, छोरो चाहियो ।'  यो परिवारको तीनमध्ये उनी कान्छा हुन् । जेठा गाउँमै साइकल बनाउँछन् । साउदी जानुअघि राकेश पनि यही गर्थे । परिवारले उनको शव छिटो ल्याइदिन अनुरोध गरेका छन् । 'कम्पनी मालिकसँग भेटघाट भइसकेको छ,' साउदीका लागि कार्यवाहक राजदूत हरिश्चन्द्र घिमिरेले भने, 'उनको शव छिटोभन्दा छिटो स्वदेश पठाउन र नियमअनुसार क्षतिपूर्ति दिलाउन दूतावास लागिपरेको छ ।'


कन्तिपुरबाट
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login