दुई बालिकाको रहस्यमय मृत्यु, आमा बेहोस

बनेपा, मङ्सिर २२- काभ्रेको जनागाल गाविस वडा नं १ मा एकै परिवारका दुई बालिकाको रहस्यमय मृत्यु भएको छ। बेहोस अवस्थामा फेला परेका आमाछोरीसहित तीनजनामध्ये दुई छोरीको उपचारका क्रममा मृत्यु भएको हो।     इलाका प्रहरी कार्यालय बनेपाका अनुसार ११ वर्षीया प्रियङ्का र आठ वर्षीया अस्मिता यादवको स्थानीय सिर मेमोरियल अस्पतालम उपचारका क्रममा मृत्यु भएको हो।

 बेहोस अवस्थामा फेला परेकी आमा ३५ वर्षीया शान्तिदेवीको सो अस्पतालमा उपचार भइरहेको छ।  स्थायी घर सिरहा भएको यादवको परिवार एक स्थानीय नुडल्स फ्याक्ट्रीमा काम गर्दै आएको छ।  प्रहरीले सो घटनामा आमाले नै विष खुवाएको हो वा अन्य कसैले खुवाएको हो भन्ने विषय खुल्न नसकेको जनाएको छ। आफ्ना श्रीमान् घरमा नभएको अवस्थामा भएको सो घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ। रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login