बाबुआमा नभएकी टुहुरी बालिकालाई पाल्छु भनेर ल्याएका एक व्यक्तिले बालिकालाई पटक-पटक यौनशोषण गर्ने गरेको खुलासा भएपछि प्रहरीले पक्राउ गरेको छ । कोहलपुर -३ का चन्द्र यादवले कैलालीकी टुहुरी बालिकालाई पाल्ने भन्दै घरमा ल्याएका थिए । ड्राइभर पेसा गर्दै आएका यादवले नेपालगञ्ज-कैलाली-टीकापुर रुटमा बस चलाउने क्रममा आठ वर्षीया टुहुरी बालिका र उनका ५ वर्षीय भाईलाई घरमा पाल्छु भन्दै ल्याएका थिए । भाईलाई भने सँधै कुटपिट गर्ने गरेर भगाएको जनाइएको छ ।
यादवकी श्रीमती र छिमेकी महिलाका बीचमा भएको झगडाको विवाद मिलाउन इलाका प्रहरी कार्यालय कोहलपुरमा आएका बेला बालिकाले प्रहरी समक्ष उक्त कुरा खोलेकी हुन् । श्रीमती बाहिर गएको मौकामा यादवले पटक-पटक बलात्कार गर्ने गरेको पीडितले बताएकी छिन् ।
0 commentaires