'कर्मचारी नै सुराकी'



रौतहट, अषाढ २२ - तराईमा सशस्त्र संघर्षरत समूहभन्दा आफ्नै कर्मचारीबाट खतरा हुने गरेको कर्मचारीले गुनासो गरेका छन् । भूमिगत संगठनलाई मोबाइल नम्बर दिएर चन्दा माग गरी धम्की दिन लगाउने काममा कर्मचारी नै सक्रिय रहेको उनीहरूले प्रशासकसमक्ष बताएका छन् ।  प्रमुख जिल्ला अधिकारी हरिराज पन्तको कार्यकक्षमा मंगलबार जिल्लाका अधिकांश कार्यालय प्रमुख तथा कर्मचारीले सशस्त्र समूहबाट नभई आफ्नै कर्मचारीबाट खतरा हुने गरेको गुनासो गरेका हुन् । भर्खरै सरुवा भई आएका प्रजिअ पन्तले कर्मचारीसित परिचय कार्यक्रम गरेका थिए । 'कर्मचारीबाटै खतरा हुने गरेको गुनासो आएको छ,' पन्तले भने, 'भूमिगत समूहसँग साँठगाँठ गर्ने जोकोही कर्मचारीलाई कडा कारबाही गर्ने छौं ।' गुनासो गर्ने कर्मचारीको नाम गोप्य राख्दै पन्तले सशस्त्र समूहलाई कार्यालयकै कर्मचारीले मोबाइल नम्बर दिएर धम्क्याउन लगाउने गरेको गुनासो आएको बताए ।  तराईमा सशस्त्र समूहको गतिविधि बढेयता रौतहटमा तीन कर्मचारीको हत्या भइसकेको छ । 'आफ्नै कार्यालयको कर्मचारीले मोबाइल नम्बर सशस्त्र समूहलाई दिएर धम्क्याउन लगाउँछ,' एक कार्यालय प्रमुख भन्छन्, 'हाकिमसँग चित्त नबुझेका कर्मचारीको कामै नम्बर दिएर धम्की दिन लगाउने भएको छ ।'  प्रजिअ पन्तले केही सञ्चारकर्मीर् समेत भूमिगत संगठनमा लागेको कुरा आएको बताए । 'प्रशासनको पहिलो प्राथमिकता शान्ति र सुव्यवस्था भएकाले त्यसमा कसैसँग सम्झौता गर्दिन' प्रजिअ पन्तले भने ।  पत्रकार महासंघ रौतहट शाखा सचिव सञ्जय कार्कीले भूमिगत संगठनका व्यक्तिले घटनाको जिम्मेवारी लिन वा घटनाको पुष्टि गर्न सञ्चारकर्मीले टेलिफोन गरेकै भरमा कलडिटेल्स मगाएर संलग्नता छ भन्न नमिल्ने जिकिर गरे ।  प्रहरी उपरीक्षक घनश्याम अर्यालले टोलिफोन गरेकै भरमा आरोप नलाग्ने बताए । उनले अनुसन्धान गरेर मात्रै संलग्नता छ/छैन बताउने जनाए ।  



ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login