सेनामा मधेसीहरुको समूहगत प्रवेश सम्भव छैनः रक्षामन्त्री

२८ जेठ, काठमाडौं । रक्षामन्त्री विष्णु पौडेले नेपाली सेनामा मधेसी समूदायको समूहगत प्रवेश सम्भव नरहेको प्रष्ट पार्नु भएको छ ।मधेसवादी दलहरुले सेनामा मधेसी समूदायको छुट्टै युनिट बनाई १० हजारको समूहगत प्रवेश गराउनु पर्ने माग गरिरहेका बेला रक्षामन्त्री पौडेलले सेनामा मधेसीहरुको समूहगत प्रवेश सम्भव नरहेको प्रष्ट पार्नुभयो । शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा रक्षामन्त्री पौडेलले भन्नुभयो-’कसैलाई घोक्राएर नेपाली सेनामा भर्ति गर्न सकिदैन ।’ उहाँले राज्यको सबै अंगलाई समावेसी बनाउने बनाउने विषयमा सरकार प्रतिबद्ध भएको बताउनु भयो । रक्षामन्त्री पौडेलले सेनाको स्थापित मापदण्ड पूरा गर्ने माओवादी लडाकूहरुको मात्र समयोजन हुन बताउनु भयो । समायोजन सम्वन्धी सेनाको प्रस्तावलाई स्वीकार गरिसकेकोले समायोजनको मापदण्ड पनि नेपाली सेनाकै स्थापित मापदण्ड नै हुने उहाँको भनाई छ । ँनेपाली सेनाको प्रस्ताव मान्छु भनेपछि मापदण्ड मान्दिन भन्न पाईदैँन’ उहाँले भन्नुभयो-’नेपाली सेनाको चेन अफ कमाण्डमा समायोजन हुन स्वीकार गरिसकेपछि मापदण्ड र दर्जामा विवाद गर्ने नैतिक आधार माओवादीको सकिई सक्यो । दर्जा र मापदण्ड नेपाली सेनाकै स्थापित मान्यतामा तय हुन्छ ।’ रक्षामन्त्री पौडेलले समायोजनमा उमेर, बैवाहिक स्थिति, शिक्षा र तालिममा भने केही लचिलो बन्न सकिने स्पष्ट पार्नुभयो ।माओवादी लडाकूको समूहगत समायोजन सम्भव नभएको स्पष्ट पार्दै उहाँले ब्यक्तिगत तवरबाटै योग्यता पुर्याएर समायोजन हुने बताउनु भयो । उहाँले भन्नुभयो-’समूहगत समायोजन र छुट्टै यूनिट बनाउने कुरा संभव छैन । तेलमा पानी हाले जस्तो समायोजन कसैले पनि चाहेको छैन । सेनाको ब्यवसायीकता काम राख्ने गरी मात्रै समायोजन हुन्छ ।’आगामी भदौ १५ गतेभित्र माओवादी लडाकूको हतियार राज्यले लिने भन्दै रक्षामन्त्री पौडेलले सेना र लडाकु साथमा राखेर अब अगाडि बढ्न सम्भव नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’अब पनि भदौ १४ गतेभित्र शान्ति प्रक्रिया निश्कर्समा नपुर्याउने हो भने जनतसँग फेरि संविधानसभाको म्याद थपको लागी आग्रह गर्ने नैतिकता राजनीतिक दलहरुले गुमाउँछन् ।’संविधान निर्माण अघि हतियार राज्यलाई बुझाउदिन भन्ने माओवादी तर्कमा कुनै दम नरहेको भन्दै उहाँले शान्ति र संविधान चाहेको हो भने भदौ १४ अघिनै हतियार राज्यलाई बुझाईसक्नु पर्ने बताउनुभयो ।रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login