नारायणी अञ्चलका सरकारी कार्यालय तीन दिन बन्द हुने

२८ जेठ, काठमाडौं । सहकर्मी हत्याको विरोधमा बाराका कर्मचारीहरुले तीन दिनसम्म नारायणी अञ्चलका सम्पूर्ण सरकारी कार्यालयहरु बन्द गर्ने घोषणा गरेका छन् ।हुलाक कार्यालयका कर्मचारी धीरजा महत्तो कोइरीको शुक्रबार राति अज्ञात समूहले गोली हानी हत्या गरेपछि बाराका विभिन्न ९ वटा कर्मचारी संघ संगठनहरुले आन्दोलनको घोषणा गरेका हुन् । सदरमुकाम कलैयामा बसेको विभिन्न ९ वटा कर्मचारी संघ संगठनहरुको आकस्मिक बैठकले हत्याको विरोधमा आइतबारदेखि मंगलबारसम्म नारायणी अञचलका सम्पूर्ण सरकारी कार्यालयहरु तीन दिनसम्म बन्द गर्ने निर्णय गरेको हो ।कर्मचारी संगठनहरुले हत्यामा संलग्ग्नलाई कारवाही गर्नु पर्ने, मृतकलाई सहिद घोषाणा गर्नु पर्ने, मृतक परिवारलाई क्षतिपुर्ति बापत २० लाख रुपैयाँ दिनु पर्ने सहितका ७ सुत्रीय माग अघि सारेका छन् ।स्थानिय प्रशासनले मृतक कोइरीलाई सहिद घोषणा गर्न र मृतक परिवारलाई क्षतिपुर्ति दिन गृहमन्त्रालयमा सिफारिस गर्ने प्रतिवद्धता जनाएपछि कर्मचारीहरुले मानेका छैनन् । आफूहरुको मागका बारेमा सरकारका तर्फबाट लिखित रुपमा प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् । यसअघि हत्या गरिएका जिल्ला मालपोत कार्यालयका नायब सुब्बा माधव थापाको परिवारलाई क्षतिपुर्ति दिने सम्बन्धमा भएको सहमति सरकारले कार्यान्वयन नगरिएकाले मौखिक सहमतिप्रति विश्वास नरहेको नेपाल निजामति कर्मचारी युनियन बाराका अध्यक्ष अशोक रौनियारले बताउनु भयो ।जिल्ला हुलाक कार्यालय बाराका कर्मचारी कोइरीको शुक्रबार राति अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । बाराको बरियारपुर गाविस वडा नम्बर १ निवासी ४८ वर्षीय कोइरी छिमेकीको घरमा विहेको भोजमा सहभागि भएर फर्किने क्रममा राती ११ बजे अज्ञात समुहले कोईरीमाथी गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले राजेश यादव सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।  रासस





Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login