आगलागीका कारण लाखौँको क्षति

पर्सा वीरगन्ज), २८ जेठ । पर्साको पोखरिया गाविस-९ स्थित तीनवटा घरमा गएराति आगलागी हुँदा लाखौँको क्षति भएको छ । स्थानीय देवनारायण साहको घरमा खाना पकाउने क्रममा आगलागी हुँदा आगो सल्किएर छिमेकी सोनालाल साह र लक्ष्मी साहको घरमा पनि आगलागी भएको र सो क्रममा रु पाँच लाख मूल्य बराबरको धनमाल क्षति भएको प्रहरीले अनुमान गरेको छ । उक्त आगलागीमा उनीहरुको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक सन्तु जैसवालले जानकारी दिनुभयो । आगोका कारण लत्ताकपडा, खाद्यान्न, चौपाया जलेर नष्ट भएको पनि पीडितहरुले बताएका छन् । स्थानीयवासी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login