नयाँ जातको धानका बिउ बजारमा


२८ जेठ, काठमाडौँ । जलवायु परिवर्तनको असर कम गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले नेपाल कृषि अनुसन्धान परिषद् -नार्क) ले धानबालीको नयाँ जातको बिउ बजारमा ल्याएको छ ।
नार्कले तीन वर्षको अनुसन्धानपछि जलवायु परिवर्तनको असरमा पनि उत्पादन नघट्ने मौसम अनुसारका धानका नौवटा जात भित्र्याएको हो । नेपाल कृषि अनुसन्धान 
परिषद् बागवानी माहाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले असिञ्चित क्षेत्रका लागि विकास गरिएका ती धानका जातमा सुख्खा धान १, सुख्खाधान २, सुख्खाधान ३, घैया १, डुबान सहन सक्ने धानका जातमा स्वर्ण सव १ र साम्बा मसुली सब १ रहेको बताउनुभयो ।
उहाँका अनुसार नयाँ विकास गरिएका धानका अन्य जातमा कात्तिकमा ब्याड राखेर माघमा रोपी वैशाखमा काटिने बोरो वा हिउँदे धानका बी.आर.आर. आई २८, २९ र ३६ डी.आर ११ रहेका छन् । परिषद्को अनुसन्धानमा यी धान सबैभन्दा उत्कृष्ठ रहेको पौडेलको दाबी छ । पानी मल र उन्नत बीउ उत्पादन वृद्धिका आवश्यक तत्व हुन् तर यी दिन प्रतिदिन कमजोर बन्दै जाँदा कृषि उत्पादनमा हास आइरहेकाले अहिले नेपालको कुल उत्पादनको २ दशमलव ९ प्रतिशत मात्र धान उत्पादन हुने गरेको पनि उहाँले बताउनुभयो ।
नार्कका मुख्य वैज्ञानिक टेकबहादुर गुरुङले जलवायु परिवर्तनको असरले जनसङ्ख्या वृद्धिदरको तुलनामा खाद्यान्न उत्पादन कम भएको अवस्थामा अहिले गरिएको धानका नयाँ जातको सिफारिसले यसलाई केही हदसम्म सहयोग पुग्ने बताउनुभयो । कृषि क्षेत्रमा भएको नयाँ प्रविधिको प्रयोगले उत्पादनमा केही सुधार आए पनि दीक्षित जनशक्ति यो पेसाबाट पलायन भएकाले सोचेजति खाद्यान्न वृद्धि हुन नसकेको बताउँदै उहाँले सरकारले युवालाई कृषि पेसामा लाग्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।
गुरुङले नेपालको कृषि क्षेत्र सिंचाइ, प्रतिकूल मौसम, पूर्वाधार अभाव र बजारमा सीमित पहँचका कारण ७५ जिल्लामध्ये अहिले पनि ४३ जिल्लामा खाद्यान्न अभाव रहेको जानकारी दिनुभयो ।

onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login