गण्डक बाँध भत्किने खतरा


त्रिवेणी (नवलपरासी), अषाढ २० - नारायणी नदीमा पानीको सतह बढेर गण्डक बाँधको स्पर कटान तीव्र भएपछि स्थानीयवासी त्रस्त छन् । नदीले अहिले बी ग्यापको ९ र १२ नम्बर स्परको चुच्चो (नोज) पूरै भत्काइसकेको छ । यस क्षेत्रको निरीक्षणका लागि गएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय नवलपरासीको टोलीले जुनसुकै बेला बाँध भत्किने खतरा रहेको जनाएको छ । पानीको बहाव साता दिनदेखि २ लाख क्युसेकभन्दा बढी रहेको गण्डक परियोजनाका प्राविधिकहरूले जनाएका छन् । शुक्रबार पानीको बहाव २ लाख ८० हजार क्युसेक पुगेको थियो । स्थानीयवासी त्रस्त भएकाले सशस्त्र प्रहरीले उद्धार टोली तैनाथ राखेको छ ।
भारतको उत्तर प्रदेश सरकारले बाँधको उचाइ थप्ने र स्परहरू मर्मत गर्ने काम समयमै नगरेकाले बाँध भत्किने खतरा बढेको गण्डक नदी नियन्त्रण संघर्ष समितिका प्रवक्ता प्रेमचन्द गुप्ताले जनाए । यसबारे जिल्ला प्रशासन कार्यालय मार्फत भारतीय दूतावास, गण्डक परियोजना र नेपाल सरकारलाई जानकारी गराउँदै आएको उनले बताए ।
स्पर कटान बढ्दै जाँदा नदीको धार बी ग्याप बाँधको नजिक पुगिसकेको छ । प्रवक्ता गुप्ताका अनुसार नदीको धार बाँधदेखि करिब १० मिटरमात्र बाँकी रहेको छ । बाँध नजिक पानीको धार पुगिसकेकाले गाउँलेमा बाँध भत्किने त्रास छाएको गुप्ताले जनाए । नदीमा पानीको सतह गाउँको सतहभन्दा माथि रहेकाले बाँध भत्किएमा आकस्मिक नियन्त्रण गर्न सकिने अवस्था पनि नरहेको उनको भनाइ छ । गाउँलेले रातिमा नदीको पानी हेर्न गस्तिसमेत गर्दै आएको गुप्ताले जनाए । 'रातिमा पानी पर्‍यो भने गाउँले जाग्राम बस्नुपर्ने अवस्था छ,' उनले भने, 'रातिमा बाँध भत्किए ठूलो क्षति हुनेछ ।'
ब्ााँध भत्किएमा नर्सही, कुडिया, प्रतापपुर, पकलिहवा, गूठीप्रसौनी, गूठीसूर्यपुरा, वैदौली, भुजहवा, ठूलो खैरेटवा, सोमनी, जमुनिया, रुपौलियालगायत गाविसका करिब १० हजार घरधुरी डुबाउने खतरा रहेको सिँचाइ डिभिजन कार्यालयले जनाएको छ । बाँध भत्किँदा नेपाल भन्दा भारतलाई बढी असर गर्ने भए पनि भारतले चासो नदेखाएको सिँचाइ डिभिजन प्रमुख मनोज यादवले जनाएका छन् । उनका अनुसार यसले भारतको गोरखपुर, महराजगन्ज, देवरिया, कुशिनगर जिल्लासमेत डुबाउनेछ ।
२०६४ असार १२ मा नेपाल भारतका स्थानीय अधिकारीबीच भएको २१ बुँदे सहमतिअनुसार तीन चरणमा भारतले गण्डक क्षेत्रमा सबै काम गर्ने प्रतिबद्धता जनाएको थियो । पहिलो चरणमा गण्डक क्षेत्रमा बाढी र जलमग्न क्षेत्र नियन्त्रणका काम एक वर्षमा पूरा गरिने सहमति भएको थियो । तर तीन वर्ष बित्न लाग्दा पनि काम हुन नसकेको प्रवक्ता गुप्ताले बताए ।


ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login