चटयाङबाट दुइको मृत्यु,एक घाइते


पर्सा वीरगन्ज),२५ जेठ । गएराति परेको चटयाङमा परी पर्सामा एक बालिकासहित दुइजनाको ज्यान गएको छ भने अर्की एक घाइते भएकी छन् ।घरमा खेलिरहेको अवस्थामा गएराति परेको चटयाङ लागेर पर्सा चोर्नी गाविसका स्थानीय ११ वर्षीया बालिका मनिषा चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । त्यसरी नै चटयाङमा परेर बैरियाबिर्ताका किसान मदन ठाकुरको पनि मृत्यु भएको छ । चोर्नी गाविसकी अर्की बालिका आरती गुरुङ गम्भीर घाइते भएकी छन् । घाइतेको उपचार वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । त्यसरी नै हिजो दिउँसो आएको हावाहुरीका कारण पर्साकाे विभिन्न ठाउँमा क्षति पुगेको पनि समाचार प्राप्त भएको छ । रासस

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login