प्रहरीलाई कुटेको भन्दै १३ जनामाथि मुद्दा

रौतहट,। प्रहरीलाई कुटपीट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार १३ जनालाई र्सार्वजनिक मुद्दा चलाएको छ । लौकाहा गाविसस्थित ब्रहृमज्योति उच्च माविको व्यवस्थापन समिति गठनमा एमाले र काँग्रेस पक्षबीच सोमबार झडप हुँदा दुइजना प्रहरी जवान समेत कुटिएका थिए ।प्रहरी जवानलाई कुटपिट गरेको भन्दै राजदेव पटेल, लखिन्द्र यादव,प्रवीण पटेल लगायत १३ जनाविरुद्ध मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।दुवै पक्षले आआफ्ना दलका मान्छे विद्यालय व्यवस्थापनको अध्यक्ष हुनुपर्ने भन्दै विवाद गर्दा झडप भएको थियो । झडपमा प्रहरीको टाउकामा चोट लागेको छ । रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login