२० साउन, लिवाङ । रोल्पाको जङकोट गाविसको एक गाई गोठमा जलेको अवस्थामा दुई बेवारिसे शव फेला परेका छन् । स्थानीयले जङकोट छेउको जङगलबीचमा रहेको गोठमा नचिनिने अवस्थामा शुक्रबार बिहान ती शव फेला पारेका हुन् । जिल्ला प्रहरी कार्यालय रोल्पाले सूचना पाए लगत्तै घटनास्थलमा प्रहरी पठाइएको जनाएको छ । गत १३ साउनमा उक्त गोठमा आगलागी भएकामा जलेर उनीहरुको मृत्यु हुनसक्ने आशंका गरिएको छ । शवको पहिचान नभएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
source:-onlinekhabar
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.