नविन नेपाल
सर्लाही, अषाढ–३२
सरकारले मुलुकका सहरोन्मुख ४१ वटा क्षेत्रलाई नगरपालिका घोषणा गरेको छ । स्थानीय विकास मन्त्रालयको सिफारिसमा साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् थप ४१ वटा नगरपालिका घोषणा गरेको हो । जस अन्र्तगत सर्लाहीका हरिऔन, धुर्कौली र सासापुर गरि तिन गा.वि.स. समेटेर नेपाल सरकार स्थानीय मन्त्रालयले हरिऔन नगरपालिका घोषणा गरेको छ । स्थानीय विकास मन्त्रालयका सहसचिव दिनेश थपलियाले सडक यातायात, खानेपानी, स्वास्थ्य, टेलिफोन, शिक्षाजस्ता भौतिक तथा सामाजिक पूर्वाधार पुगेको, कर दस्तुरबाट १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने र कम्तीमा २० हजार जनसंख्या भएको क्षेत्रलाई नगर घोषणा गरिएको जानकारी दिए ।