विषालु च्याउ खाँदा २ को मृत्यु ३ बिरामी

सानुबाबु तिमिल्सिना धादिङ, जेष्ठ २८ - विषालु च्याउ खाँदा जिल्लाको सेम्जोङ २ मा २ जनाको मृत्यु भएको छ । अन्य ३ जना बिरामी परेका छन् । शुक्रवार बेलुका जंगलबाट ल्याएको च्याउं खाएपछि सेम्जोङ ४ का ६३ वर्षीय सार्की सुनार र कटुञ्जे थर्पुका नाम नखुलेका अर्का व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी च्याउं खाएर सेम्जोङ गाविस वडा नम्वर ४ का शान्ति सुनार, मन्थ सुनार र कृष्ण सुनार विरामी परेका छन् । च्याउ खाएर विरामी परेका तीनै जनालाई उपचारको लागि जिल्ला अस्पताल धादिङवेसी ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रेमसागर केसीले बताए ।

ekantipur

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login