शव फेला

पर्सा वीरगन्ज),२४ जेठ । वीरगन्ज उपमहानगरपालिका-४ बिर्तामा आज बिहान एक पुरुषको शव फेला परेको छ ।बिहान स्थानीयवासीले जेलरोडमा उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । करिब ३५ वर्षीय जस्तो देखिने पुरुषको सनाखत भने हुन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी निरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभयो । उक्त शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login