नेपालको गरिबी १० प्रतिशतले घट्यो

काठमाडौं, ३० जेठ : पछिल्लो सात बर्षमा नेपालमा गरिबी १० प्रतिशतले घटेको देखिएको छ । केन्द्रीय तथ्यांक विभागले विश्व बैंकको सहयोगमा तयार पारेको जीवनस्तर मापन सर्वेक्षणले गरिबी घटेको देखाएको हो । नेपाल र बंगलादेश हेर्ने विश्व बैंककी देशीय निर्देशक एलिसन गोलिस्टिनको र वासिंङ्टनबाट यो क्षेत्र हेर्ने प्रमुख आन्द्रियास होरावीको परिचय कार्यक्रममा नेपालस्थित निर्देशक सुसन गोल्डमार्कले अर्थमन्त्रालयका अधिकारीहरुलाई उक्त जानकारी गराउनुभएको हो । विश्व बैंकको यो सर्वेक्षण तयार पार्न सबैभन्दा बढी सहयोग गर्ने निकाय हो । भेटमा सहभागी मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्यले अन्तिम नतिजा नबताए पनि नेपालको लक्ष्यअनुसार गरिबी घटेको जानकारी पाएको बताउनुभयो । नेपाललेयस बर्षको अन्त्यसम्ममा गरिबी २१ प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो । सन् २००४ मा गरिएको सर्वेक्षणमा नेपालको गरिबी ४२ प्रतिशतबाट घटेर ३१ प्रतिशतमा झरेको थियो ।


मेचीकाली
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login