महिला हिंसा रोक्न सर्लाहीका महिलाहरु संगठित


बोक्सीको आरोपमा महिलालाई दुर्व्यवहार गर्नेहरु विरुद्ध कडा कार्वाहीको माग
जिल्लामा बढ्दै गईरहेको महिला हिंसा रोक्न सर्लाहीका महिला नेतृहरु संगठित भएका छन् । जिल्लास्थित विभिन्न राजनीतिक दलका नेतृहरुको आज सुखेपोखरीमा भएको संयुक्त भेलाले महिला अधिकार प्राप्ति तथा महिला हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्यले दबाब समूह गठन गरेको हो । एकीकृत नेकपा माओवादी निकट अखिल महिला सङ्घ क्रान्तिकारीका जिल्ला अध्यक्ष माया बलको संयोजकत्वमा ९ सदस्यीय जिल्ला स्तरीय महिला दबाब समूह गठन भएको अखिल महिला सङ्घका जिल्ला सचिव पार्वती विश्वकर्माले जानकारी दिनुभयो । आज भएको महिला नेतृहरुको भेलाले जेठ २० गते हरिवन गाविस वडा नं.३, दनुवारीकी देउली कुमर दनुवारलाई बोक्सीको आरोपमा कुटपिट र दुर्व्यवहार भएको घटनाप्रति घोर भर्त्सना प्रकट गर्दै दोषीहरु विरुद्ध कडा कार्वाहीको माग पनि गरेको छ । ५५ वषिर्या देउलीलाई स्थानीय ६ जनाले कपाल मुण्डन गरी कालो मोसो दलेर मलमूत्र खुवाउँदै कुटपिट गरेका थिए । देउलीलाई दुर्व्यवहार गर्ने शीतल धामी, टैटा धामी, अनुपलाल धामी, बौवा धामी, प्रमेश चौधरी र लक्ष्मीकान्त कुमर अनुसन्धानको क्रममा अहिले प्रहरी हिरासतमै छन् । रासस

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login