
यी माथीका विश्व प्रख्यात भनाइले युवा भित्र त्यस्तो शक्ति हुन्छ जसले बज्जर मरुभूमिलाई आफ्नो पसिनाले सिंचित गरि उर्वर उत्पादनमूलक भूमि बनाउन सक्छन् र राष्ट्रअनि आफ्नो मातृभूमिको रक्षाको लागि शक्तिशाली हतियार बन्न सक्छ्। कुनैपनि मुलुक अनि सामाजिक विकासका काममा युवालाई नै प्रमुख पात्र बनाएकोहुन्छ । सामाजिक साँस्कृतिक क्रान्ती, औधोगिक क्रान्ती, राजनैतिक क्रान्ती यी सब क्रान्तीको सफलताकोश्रेय युवाहरुलाई नै जान्छ । हामी सधैं हाम्रा यूवाहरुको भविष्य बनाउन सक्दैनौ तर हामी भविष्यको लागि हाम्रा युवाहरुलाई तयार गर्न सक्छौं फ्रान्कलिन डि। रुजवेल्ट ले भनेका छन् । तराईका पाँच नाम चलेका जिल्ला रौतहट,सर्लाही, महोत्तरी ,सिराहा अनि सप्तरी । यी जिल्लाहरुले नेपालका सम्पूर्ण जनताहरुको ध्यान आफूतिर तान्न सफल भएको देखिन्छ । राजनीति, आर्थिक, शान्ति सुरक्षा, सामाजिक केही न केही बेथितीका समाचार बनि रहेका हुन्छन यी जिल्लाहरु । गाउँमा चन्दा आतंक, डकैति, असुरक्षा । कार्यालयमा घुसखोरी, भ्रष्टचार, आर्थिक अनियमितता, जिल्लामा राजनीति पार्टीहरु वीच बजेट बाँडफाँड । घाँटी सम्मै आईसक्यो अव त । प्रत्येक जनताको मुखमा यही बोली छ । यो लोकतान्त्रिक गणतन्त्र भन्ने शब्द सँगै पौठाजोरी गर्न मन लाग्छ । फेरि त्यही निरंकुशताबादीहरुले लोकतन्त्र बिरोधीको सज्ञा दिन्छन् भन्ने डर लाग्छ । एक युवाले भने । २०३६ सालको निर्दलिय ब्यवस्थाको बिरोधको क्रान्तीकोज्वाला दन्किएको ठाँउ । २०४६ साल तथा २०६२,६३ को जनआन्दोलनमा ५ बर्षे बालक देखि ९० बर्षका बृद्ध आफ्नो मौलिक हक अधिकार प्रतिरक्षा अनि देशलाई सार्वभौम सम्पन्न बनाईराख्न आफ्नो ज्यानको परवाह नगरि जिन्दाबाद र मुर्दाबाद भन्दै हिडेको ठाँउ । दर्जनौ ज्ञात अज्ञात सहीदहरुले रगत बगाएको ठाँउ आज यो दयनीय अवश्था देख्दा हरेक देश भक्त, बिकासप्रेमी सचेत युवाहरुको मन कुडिएको छ । हरेक यूवाहरु गाउँगाउँबाट बिरोधका भाषाहरु बोलिरहेका छन् । बिकास अब हामी गर्छौं भनेर युवा सहकार्य हरु गर्दै हिडिरहेका छन् । कुनै बिदेशी डलरको खेतीमा होइन, कुनै राजनीतिक पार्टीको पृष्ठपोषक भएर होइन आफ्नैघरको खाएर आफ्नै शारिरीक प्रयासबाट एक एक यूवाहरुलाई समेटन अहिले सर्लाहीमा एउटा युवा समुह सक्रियताकासाथ अगि बढ्दैगरेकोछ । सर्लाही डेपलपमेन्ट भन्ने सामाजिक युवा संजालले अहिले आफ्ना जिल्ला सर्लाही मा भएका सम्पूर्ण ९८ वटा गा।बि।स। र २ वटा मलंगवा तथा हरिवन नगरपालिकाहरुको अभिलेख राख्ने र सो गा।बि।स। अन्तर्गतका यूवाहरुलाई एकत्रित गरि सचेतना कार्यक्रम दिने अनि गा।बि।स।देखि नगरपालिकामा बिकासका लागि भिजन २०२० लक्ष्य राखिएको सो संजालले ती ठाँउहरुमा हुने आर्थिक हिनामिना, भ्रष्टाचार बिरुद्ध र बिकासका साझा अवधारणाको बारेमा कार्यशाला गराई योग्य सक्षम यूवा बनाउने उदेश्यका साथ अगाडी बढिरहेको समाचारले हामी सम्पूर्णस्वदेश तथा बिदेशमा बस्ने यूवाहरुको पनि साहस बढाउनुको साथसाथैआफ्नो उत्तरदायित्व बोध तर्फउन्मुख गराएको छ । जिल्ला बिकासको बिनियोजित बजेट रकम । प्रत्येक शिर्षक मा गरिने खर्चतथा आम्दानीको अभिलेख राखेर प्रत्येक जिल्लाबासीको घरघरमा सूचना प्रबिधी तथा गैर सुचनना प्रबिधि को माध्यमबाट यसको सहि सुचना दिने र सोही अनुरुप प्रत्येक सम्बन्धित नगरपालिका तथा गा।बि।सको विवरण पारदर्शीढंगबाट यस संजालमा राखिने र जनतालाई सही सूचनाको हक पाउने अधिकार सुनिश्चित गर्नेकुरा यस सर्लाही डेपलपमेन्ट का सदस्यहरुले बताएका छन् ।
बवन कर्णर राज यादवकोसक्रियतामा कार्य सुरु गरिए पनि हाल आएर ११०० भन्दा बढीले यसमा सदस्यता लि सकेका र निकट भविष्य मा नै कामले पूर्णता पाउने संकेत देखिएको छ । सो कमिटीले सर्लाही भिजन २०२० भन्नेअवधारणा ल्याई जिल्लाको बिकासमा ठोस पहल गर्ने बचनबद्धता प्रति सर्लाहीका युवाहरुको ऐक्यबद्धताले भ्रष्ट, तस्कर, कमिसनखोरहरुको सातोपुत्लो उडिसकेको छ । केही दिनको चुरीफुरी होयो सव समयसँगै बिलिन हुन्छ एकजनाले कमेन्ट गरेका थिए । तर यसले हामी तहल्का डटकमले भारतमा तहल्का मच्चाए भन्दा बढी क्रियाशील हुन्छौं अरु अरु युवाहरुको सामुहिक बोलीले लाग्यो साच्चै अव ढिलै भएपनि सर्लाहीका यूवाहरुले आफ्ना पूर्खाहरुक त्याग र बलिदानको कदर गर्दैछन् । धार्मिक,सामाजिक, भाषिक, जातिय, राजनीतिक बिभेदिकरणलाई पाखा लगाउदै मलंगवा डट कम, सर्लाहीएक्सप्रेस डट कम तथा सर्लाही डेभलेपमेन्टले बिकासप्रेमी युवाहरुसंग हातेमालो गर्दैशिक्षाको गुणस्तर उकास्न पहलकदमी गर्ने प्रमुख साझा उदेश्य लिएका छन् । बिधालयका ठूल्ठूला अस्तब्यस्त भवन, अब्यवस्थित प्रशासन, अनुशासनहिन तथा अयोग्य शिक्षक, गैरप्रयोगात्मक शिक्षण बिधी, अभिभावकको गैर जिम्मेवारीपन र जिल्ला शिक्षा कार्यालयमा भइरहेको राजनीतिक हस्तक्षेप आदिले यस जिल्लाको शिक्षा पूर्णरुपमा ध्वस्त भएको छ । यहाँका बिधायलयहरुका शैक्षिक गुणस्तरको कसी भनेको एस।एल।सी। को परिणामलाई हेरेर मूल्यांकन गरिन्छ जून हास्यास्पद र बेतुक छ । सदरमुकाम जोड्ने सबैबाटाहरु कच्ची र भग्नावेश छन् अझ महेन्द्रराजमार्गबाट सदरमुकाम जोड्ने मूल पक्की मार्ग त मुटुकम्पन गराउने अनि हड्डी भाँच्ने मेसिन भाको छ । सर्लाहीको ब्यापारीक बजार तथा धेरैजसो गा।बि।स। हरुका केन्द्र बिन्दु बरहथवा त झन बाटो कै कारण बिगत १० बर्ष देखि ओझेलमा पर्दैआईरहेको छ । यी यस्ता बिकासका पाटाहरु पहिल्याई सम्बन्धित निकायको ध्यानाकर्षण र बिकास गर्नदवाव दिई सर्लाही लाई मोडेल जिल्ला बनाउन र युवाको पर्याय शब्द विकास हो भनी देखाउन पनि यी समाजिक संजालहरु लागि परेका छन् । दुईटा ठूला रुखकाबीचमा बस्दा एक झर पानी अनि चैत बैशाखको चर्को घाम छेक्छ तर त्यो भन्दा ठूलो त यस्ले वरीपरीका ५ रोपनी जग्गा सेप को कारण अनुत्पादक बनाउछ । ठूलो बाँसको झ्याङ ।ले बाली खाए झै गरि दुइटा ठूल्ठूला दुईदेश बीच सेप लागेर गरिवीको रेखामुनी अनुत्पादकमूलक खेत झै लमतन्न निष्क्रिय बसिरहेको छ । हो त्यही सेप हटाउन दूबै देशबाट अनुभव लिएका युवाहरुलाई आफ्नै धर्तीमा प्रयोग गर्न दिए पक्कै यो देश दुई ढंगाको हिरा हुनेथियो। मलंगवा लगायत सर्लाहीका दक्षिणी भेग तिरको यात्रा पहाडियामूलका मान्छेहरुलाई अहिले पनि टाउको दुखाईबनेको छ भनेदक्षिणी भेगका मधेशी समुदायका मानिसले पनि त्यस्तैअनुभुति गरिरहेका छन् । नेपाली, मैथिली, भोजपुरी, बचिगा मेरोभाषा हो । मेरो जन्मभूमि तराई हो। मेरो सँस्कृतिमा तराईको सुगन्धि त समिश्रण छ भने मलाइ पहाडिया भनेर शत्रुको दृष्टिकोणले हेर्छन भने म पनि नेपालकमा जन्मेको। मेरो राष्ट्रिष्ता नेपाली हो । म पनि मेरो देश नेपालको सार्वभौम रक्षाको लागि सैनिक बन्छु भन्दा मलाई अराष्ट्रिय तत्वको संज्ञा दिन्छन्दुबै खाले युवाहरुको गुनासा सुनिन्छन । तर यस्ता समस्यालाई निराकरण गर्नुको सट्टा राजजीतिक दलहरु र क्षणिक स्वार्थका पछि लागेका ब्यक्तिहरुलेमधेशी पहाडी को सम्प्रदायिक नारा दिएर यी दुबै जातिमा भएका सामाजिक, धार्मिक एबम् साँस्कृतिक सदभावलाई खलल पुर्याईरहेका छन्। नेपाल समाजिक, साँस्कृति, धार्मिक अनि जातिय बिबिधताकोधनी देश हो भनेर बिश्वमा परिचित छ । अरु बिकसित राष्ट्रहरुले कृत्रिम मिश्रित समाज बनाएका धेरै उदाहरणहरु हामी सामु छन् । अमेरिका, बेलायत, क्यानडा यी मुलुकहरुले बिभिन्न राष्ट्रियता, जाति, धर्म अनि सँस्कृति बोकेका हरुको एउटा साझा समाज बनाउनमा लागेका छन् भने हामीमा प्राकृतिक रुपमा नैबिबिधताको भण्डार छ । हामीले यो सम्पदालाई जोगाउनु पर्छसमाजिक सदभाव अझ बढी मजबुत पार्नु पर्छ भन्दै सर्लाही डेपलपमेन्ट तथा सर्लाही एक्सप्रेश सामाजिक संजाल सदस्यहरु दिलो ज्यान दिएर लागेका छन् । यो उदाहरणिय काममा हामी सबैले होइसेमा होस्टे गर्दै अगि बढे नमुना जिल्ला बन्नेकुरामा कसैको बिमति हुने छैन ।
July 20, 2011 at 8:14 AM
I respect what you are doing for society.I believe that respect has to
be earned through your actions, so if you're a good person doing the
right things for society and your friends and family appreciate your
work. You have done good job.Keep it up!!
July 20, 2011 at 8:15 AM
I respect what you are doing for society.I believe that respect has to
be earned through your actions, so if you're a good person doing the
right things for society and your friends and family appreciate your
work. You have done good job.Keep it up!!
ashikmalla@gmail.com
July 20, 2011 at 8:16 AM
I appreciate your feelings and concerns. The country needs conscious citizens like you who ask questions and try to find out solutions. To ponder on problems of the nation and find out solutions to propose to is the beginning of the behavior signaling the "new mindset" that you are talking. Please continue your mission of critical appraisal and spotting out a golden deer in the bush. I wish you success in your endeavor!
ashikmalla@gmail.com
July 21, 2011 at 12:58 PM
Thank you very much for your effective comments Ashik dai.
July 24, 2011 at 12:25 PM
aaj yo aalekh padhera mro man harsholasit bhako chh,yadi yahi soch ka sath yuva haru desh ko sarwangik vikash tir dhyan diyo bhane tyo din dur chhaina ki nepal le pani viswako harek rangmanch ma aafno saflta ko jhanda fahraune chhan.