नशालु पदार्थ खुवाएर युवतीलाई बलात्कार प्रयास

काठमाडौं, श्रावण १ - स्लाइसमा बियर मिसाई लठ्याएर एक युवतीलाई बलात्कार गर्न खोज्ने युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग जनसेवाले काभ्रे महेन्द्रज्योतिका जीवन केसीलाई पक्राउ गरेको हो । गोठाटारमा धान रोप्न मेला जान लागेकी युवतीलाई रोपाइँमा पुर्‍याइदिने भन्दै ३५ वर्षीय केसीले फकाएर बलात्कार प्रयास गरेको जनसेवा प्रभागका प्रहरी निरीक्षक कवित कटवालले बताए ।  उनका अनुसार बिहान रोपाइँमा जान ठिक्क परेर सडकमा उभिएकी युवतीलाई चिनेको जसो गरेर रोपाइँमा पुर्‍याइदिने भन्दै मोटरसाइकलमा लिएर हिँडेका थिए । 'बत्तिसपुतलीको एउटा होटलमा स्लाइसमा बियर मिसाएर खान्न भन्दाभन्दै जबरजस्ती खुवाएछ,' उनले भने, 'केटी लठ्ठ भएपछि न्युरोडस्थित भाइको कोठामा लगेर बलत्कार गर्न खोज्दा केटी होसमा आएर भागिछन् ।'  रुँदै कराउँदै सडकमा आइपुगेकी पीडित २० वर्षीया युवती बेहोस भएपछि स्थानीयले प्रहरीलाई खबर गरिदिएका थिए । प्रहरी पुग्न नपाउँदै आरोपित जीवन केसी भागेका थिए । प्रहरीले युवतीको उद्धार गर्दै उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो । केटीले नै दिएको सूचना र हुलियाका आधारमा केसीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कटवालले जानकारी दिए । प्रहरीले केसीको बा२४प २१० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login