बैद्धिक साम्यवाद स्थापना गर्ने उद्देश्य सहित नयाँ पार्टी गठन

  काठमाडौ, ३२ असार । हिन्दुत्वको जगमा मुलुकका प्रजातान्त्रिक शासन ब्यवस्था सहित  शान्ति र सुशासन स्थापना गर्दै बैद्धिक साम्यबाद स्थापना गर्ने उद्देश्य सहित राष्ट्रिय  शिव सेना पार्टी नामको नयाँ पार्टी गठन भएको छ ।  शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सो नयाँ पार्टी घोषणा गरि  एको हो ।  हिन्दु सभ्यताको आधुनिकीकरणबाट नै नेपाल र नेपालीपन झल्कीने हुँदा वै  भवशाली हिन्दु सभ्यताको जगमा टेकेर सुशासन, शान्ति र सदभाव तथा प्रजातान्त्रिक तथा  प्रजातान्त्रीक पद्धतिको सिद्धान्त अगिकार गरी बैदिक साम्यबाद अर्थात रामराज्यको परि  कल्पना र स्थापना गर्न पार्टीको गठन गरिएको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष  विक्रमबहादुर थापाले जानकारी दिए ।  उनले विभिन्न नाममा भत्काईएको मुलुकको ईतिहास, धर्म र संस्कृतिको संर  क्षण, सम्बद्र्धन र पुनः स्थापना पार्टीको प्रमुख लक्ष्य रहेको भन्दै राजतन्त्र र  हिन्दुत्व सहितको प्रजातन्त्र स्थापना गर्नु पर्नेमा जोड दिए ।  सो पार्टीले अनमिनद्धारा अयोग्य प्रमाणित लडाकुलाई योग्य नेपालीका छोर  ाको संज्ञा दिदै उनीहरुलाई मुलुक निर्माणमा हातमा हात मिलाएर अगाडि बढ्न  आफ्नो पार्टीमा आएर लाग्न आब्हान पनि गरे ।  नव गठित पार्टीले सर्वप्रथम हामि नेपाली हौ तर त्यसभन्दा पहिले हामि हिन्दु हौ  भन्ने नारा अगाडि सारेर हिन्दु राष्ट्र स्थापनामा अभियान चलाउने स्पष्ट पारेको छ ।  मुलुकको अवस्था अहिले अत्यन्तै जटिल र विखण्डीत अवस्थामा रहेको भन्दै मुलुकलाई  अखण्ड र समस्याबाट माथि उकास्न आफूहरु अग्रसर हुँदै पार्टी स्थापना गरेको सो  पार्टीका बरिष्ठ नेता सूर्य प्रसाद बमले बताए ।  उनले हिन्दु धर्म र राजतन्त्र पुर्नस्थापना नभई मुलुक अगाडि बढ्न नसक्ने भन्दै  बैभवशाली गाथा बोकेको तपोभुमि नेपालको ईतिहास, सम्यता र पहिचान नष्ट गरेर  कुनै बाद लादेर स्वर्ग जस्तो मुलुकलाई बर्बाद पार्न नदिने चेतावनी दिए ।  महामन्त्री निरकुमार सम्बाहाम्फेले दलहरुको कारण नेपाल र नेपाली अस्तित्व रक्षा  गर्नु पर्ने अवस्थामा पुगेको भन्दै मुलुकलाई राजनीतिक दल, विखण्डन , विदेशीको  कुदृष्टिबाट बचाउन नयाँ राष्ट्रबादी पार्टीको गठन गर्नु परेको बताए । उनले  मुलुकलाई विखण्डन गरेर आफ्नो कुर्सि जोगाउन दलहरु लागेको आरो पनि लगाए ।  विक्रमबहादुर बमको अध्यक्षतामा गठित पार्टीमा बरिष्ठ नेता सुर्य प्रसाद प्रसाई,  बरिष्ठ उपाध्यक्ष शान्त बस्नेत, महामन्त्रीहरु निरकुमार सम्बाहाम्फे, राम प्रवोध  शाह, सुर्दशन नेपाली, टेकराज पनेरुसहमहामन्त्री सदिप जङग शाह, जगत जेठार र कमल  पौडेल, कोषाध्यक्ष होमनाथ भण्डारी, सह कोषाध्यक्ष सीमा खड्का, प्रवक्ता राजे  न्द्र बहादुर चन्द र सहप्रवक्ता अतिउत्तम बुढा सहित ३४ सदस्यीय केन्द्रीय कमिटि  गठन गरिएको छ।


reportersclube@gmail.com
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login