पूर्वराजा ज्ञानेन्द्रलाई पारिवारिक तनाब


संघीय लोकतान्त्रिक गणतन्त्र मान्छु भन्दै ज्वाइँ राजबहादुर नेपाली जनता दलमा प्रवेश गरे, चर्को दबाबपछि पार्टी छाडे  राजबहादुर धेरैजसो विदेशमा बस्ने र स्वदेशमै बसे पनि होटलमा रमाइलो गर्ने छोरी प्रेरणाको गुनासो  मदिरा सेवन गरेर युवतीसहित हो-हल्ला गरेको भनेर पक्राउ पर्ने ज्वाइँले पूर्वराजपरिवार बद्नाम भएको आफन्तहरूको टिप्पणी  मदिरा सेवन गरेर हो-हल्ला गर्ने र हातपात गर्ने छोरा पारसको पनि बानी नसुध्रेकोमा पूर्वराजा चिन्तित  

काठमाडौं, ९  असार   शासन शक्ति गुमाएका पूर्वराजा ज्ञानेन्द्रको परिवारमा शान्ति पनि हराउँदै गएको छ । विगतमा छोरा पारसका कारण तनाबमा हुने पूर्वराजालाई अहिले ज्वाइँ राजबहादुर सिंहले दुःखी बनाएका छन् ।   कहिले राजनीतिक 'पार्टी'मा प्रवेश गर्ने त कहिले 'डान्स पार्टी'मा युवतीसँग बरालिने राजबहादुरसँग जेठान पारस पनि आक्रोशित छन् । स्रोतका अनुसार राजबहादुरले 'संघीय लोकतान्त्रिक गणतन्त्र मान्नेछु' भनेर नेपाली जनता दलमा प्रवेश गरेपछि पूर्वराजपरिवार उनीसँग रिसाएको थियो ।   ससुराली रिसाएपछि राजबहादुर आफ्नै पार्टीको कार्यालयमा एकपटकभन्दा बढी गएनन् । पार्टी केन्द्रीय समितिको बैठकमा आउन पटक-पटक आग्रह गरिए पनि उनी गएनन् । आफूहरूसँग सल्लाहसमेत नगरी ज्वाइँ जनता दलमा प्रवेश गरेको गुनासो त्यतिखेर पारसले सार्वजनिक रूपमै गरेका थिए । ससुरा र जेठानको चर्को आपत्तिपछि राजबहादुरले नेपाली जनता दल छाडिसकेका छन् ।   पूर्वअधिराजकुमारी प्रेरणा पनि राजबहादुरसँग दुःखी रहेको स्रोतको भनाइ छ । उनले आफ्ना बाबु, आमा र दाजुसँग श्रीमान् मदिरा खाने, युवतीहरूसँग बरालिने गरेको गुनासो गरेकी छन् । बाहिर युवतीहरूसँग नजिक भएर आफ्नी बहिनीलाई दुःख दिएको भनेर पारसले राजबहादुरलाई धेरैपटक धम्की पनि दिएका छन् । तर, राजबहादुरको व्यवहार नसुधि्रएको राजपरिवारनिकट स्रोतले जनाएको छ ।   दुई साताअघि दरबारमार्गस्थित फ्रेन्डसिप रेस्टुरेन्टमा केही युवतीसँग राजबहादुरले 'रमाइलो' गरिरहेको सुइँको पाएपछि पारस तत्कालै रेस्टुरेन्ट पुगेका थिए । तर, आक्रोशित पारस आउन लागेको सूचना पाएर राजबहादुर हिँडिसकेका थिए । त्यसैले त्यहाँ अन्यथा हुन पाएन ।   यसअघि पूर्वराजपरिवारको लगानी भएको रोयल क्यासिनोबाट राजबहादुरले एक कर्मचारी हटाएको भन्दै पारस आक्रोशित भएका थिए । पारसले क्यासिनोका प्रबन्ध-निर्देशक राजबहादुरलाई नभेटेपछि उनका सहयोगी कर्मचारीलाई कुटेर हिँडेका थिए । पारसको चेतावनीपछि कर्मचारी तत्कालै पुनर्बहाली भएका थिए ।   त्यसो त गत वर्ष दरबारमार्गमा मध्यरातमा हो-हल्ला गरेको भनेर काठमाडौं प्रहरीले राजबहादुरलाई पक्राउ गरी रातभर हनुमानढोका राखेको थियो । मदिरा खाएर युवतीहरूसँग हो-हल्ला गरेको भनेर उनलाई गिरफ्तार गरिएको थियो । बिहान त्यो पनि राजनीतिक दबाबमा उनलाई छाडिएको थियो ।   यस्ता घटनाले आफ्नो पनि बेइज्जत भयो भन्दै पूर्वराजपरिवार ज्वाइँसँग दुःखी छ । आफूसँग क्रुद्ध भएको थाहा पाएपछि राजबहादुर सकेसम्म जेठान र ससुराको नजिकै पर्न छाडेका छन् ।  राजबहादुर धेरैजसो विदेशमा र कहिलेकाहीँ मात्र नेपालमा बस्छन् । नेपालमै बस्दा पनि परिवारबाटै टाढा नै रमाउँछन् । दुःखी प्रेरणा सोल्टीमोडस्थित आफ्नै निवासमा बस्दै आएकी छन् । यो घर पूर्वराजा शाहले दाइजो दिएका थिए ।  त्यसो त, छोरा पारससँग पनि पूर्वराजाको सम्बन्ध अहिले मात्र सामान्य भएको हो । राजतन्त्र जानुमा दोष कस्को हो भन्ने विवादमा मुटाव भएपछि बाबु छोरा अलग-अलग बस्दै आएका थिए । लामो समय नागार्जुनमा बसेका पूर्वराजा अहिलेमात्र छोरासँगै निर्मलनिवासमा बस्न थालेका हुन् ।   तर, चितवनको टाइगर टप्समा 'फायरिङ' गरेर पारस विवादमा आएपछि पूर्वराजा चिढिएका थिए । तर, परिणामले कोल्टे फेरेर पारस मात्र दोषी होइनन् भन्ने स्थापित भएपछि बाबु ज्ञानेन्द्रले केही राहत महसुस गरेका थिए । तर पनि, मदिरा खाएपछि तनाब मच्याउने उनको बानी भने फेरिएको छैन ।   उता, यी सबै तनाबबाट टाढा रहेकी पूर्वमुमाबडामहारानी रत्न नारायणहिटीमा एक्लो जीवन बिताइरहेकी छन् । उनलाई भेट्न हरेक सोमबार पूर्वराजा ज्ञानेन्द्र नारायणहिटीमा पुग्ने गर्छन् । पारस भने वेलावेलामा नारायणहिटी जाने गरेको स्रोतको भनाइ छ ।

 नयाँ पत्रिका  
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

1 commentaires

  1. Yo Tnaw le Raja dekhe Rank lae chadeko chen. Nepali Janta r Nepal ka party sbe lae yo Tnaw le chodeko chen. Jay Nepal.

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login