काठमाडौं, ९ असार :विश्व बैंकले नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार परियोजना कार्यान्वयन गर्न नौ करोड ९० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ । बैङ्क सञ्चालक समितिको हिजो बसेको बैठकले ५० वर्षका लागि सहुलियत ऋण आठ करोड ४० लाख तथा एक करोड ५० लाख अनुदानस्वरुप नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो ।एकसय मेगावाट अतिरिक्त विद्युत् प्राप्त गर्न तथा निरन्तरको विद्युत् कटौती घटाउनका साथै सीमा प्रशारण लाइन स्थापनाका निम्ति विश्व बैंकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
समाचार
»
विश्व बैंकले ९ करोड ९० लाख डलर दिने
विश्व बैंकले ९ करोड ९० लाख डलर दिने
Tags:
समाचार


0 commentaires