Pages

Monday, March 19, 2012

नेदरल्याण्डसँग नेपाल ६ विकेटले पराजित


६ चैत, काठमाडौं ।  आईसीसी विश्वकप ट्वान्टी-२० छनोट क्रिकेटमा नेपाल नदरल्याण्डसँग ६ विकेटले पराजित भएको छ । हारसँगै प्ले अफमा पुग्ने नेपालको सम्भावना झिनो भएको छ ।
अहिलेसम्म खेलेको ६ मध्ये ३ मा जित र ३ मा हार व्यहोरेको नेपालको ६ अंक छ । अब समूह चरणको अन्तिम खेलमा मंगलबार क्यानडासँग खेल्नेछ ।
नेपालले क्यानडासँगको खेल जितेको अवस्थामा पनि नेपालले नेपालको अघिल्लो चरण प्रवेश अरु टोलीको नतिजामा भर पर्छ । नेपाल रहेको समूह एमा रहेको अफगानिस्तान अहिलेसम्म खेलेका सबै खेल जितेर यसअघि नै प्ले अफमा पुगिसकेको छ । नेदरल्याण्ड पनि लगभग प्ले अफका लागि छनोट भएको छ ।
नेपालले प्रस्तुत गरेको ८६ रनको लक्ष्य नेदरल्याण्डले १३ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाए । नेपालका बसन्त रेग्मीले १ तथा शक्ति गौचनले १ विकेट लिए ।
यसअघि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८५ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३२ रन बनाए भने बसन्त रेग्मीले २० तथा अनिल मण्डलले ११ रन जोडे । अन्य व्याट्सम्यानले दोहोरो अंक नै जोड्न सकेनन् ।
स्कोर रनमा ५ रन हुँदा प्रदिप ऐरी आउट भए भने थप दुई रन जोड्दा सरद भेषवाकर पभेलियन फर्किए । स्कोर बोर्डमा १० रन हुँदा कप्तान पारस खड्का व्यक्तिगत १ रनमा आउट भए भने नेपालले १७ रन बनाउँदा अनिल पनि आउट भए । स्कोर बोर्डमा २५ रन हुँदा मेहबुव आलम पभेलियन फर्किए भने नेपालले ४५ रन बनाउँदा पृथु बास्कोटा व्यक्तिगत ८ रनमा नै रन आउट भए । त्यसपछि आएका बसन्त र ज्ञानेन्द्रले ३६ रनको साझेदारी गरे । स्कोर बोर्डमा ८१ रन हुँदा सातौं विकेटका रुपमा ज्ञानेन्द्र ३२ रनमा आउट भए ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!