Pages

Monday, March 19, 2012

गजल


अपमान भो शहिदको भन्दै देशको माटो रुन्छ।
भुल्दै गएको हौकि भन्दै शहिद हिड्या बाटो रुन्छ।।१।।

भुई भरिछ शहिदको आलो रगत पोतिएको
शिर् उठाउने जनताको त्यै रगतको टाटो रुन्छ।।२।।

काम देखेर तिम्रो हाम्रो छर् छिमेकले के भन्दो हो
सम्झिल्याउँदा यो मनको साँच्चै एउटा पाटो रुन्छ।।३।।

यो देशलाई अग्रगति दिने अझ लक्ष्यण छैन
यो देखेर मन भित्रको एउटै मात्र खाटो रुन्छ।।४।।

ले. परशुराम तिमसिना
मेचीनगर–४, मागुरमाडी (झापा)

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!