Pages

Thursday, March 15, 2012

सिएनएन हिरोको मनोनयनमा परिन् अर्की समाजसेवी i

सुफल काफ्ले/उज्यालो । काठमाडौं, चैत २ - जेलमा रहेका बाबु आमासँगै दुःख कष्टका साथ हुर्किदै गरेका बालबालिकालाई उद्धार गरी उनीहरुको पालन पोषणा गर्दै आएकी काठमाडौं डिल्लीबजारकी पुष्पा बस्नेत यो वर्षको सिएनएन हिरोको मनोनयनमा पर्नुभएको छ । अमेरिकी टेलिभिजन संस्था सिएनएनले बस्नेतलाई सिएनएन हिरोमा मनोनयन गरेको घोषणा सहित उहाँको बारेमा तयार पारिएको सामाग्री शुक्रवार सार्वजनिक गर्दै छ ।  तर बस्नेतलाई तपाई मनानयनमा पर्नुभयो भनेर विहीवार विहान ३ बजेर ३ मिनेट जाँदा बधाई सहिको इमेल पठाएको छ । विहीवार विहान ३ बजेर ३ मिनेटमा आफू मनोनयनमा परेको आधिकारीक जानकारी पाएको भन्दै बस्नेतले भन्नुभयो । “राती ३ बजे मनोनयनमा परेको खबर पाएँ, त्यसपछि त मलाई के गरौं के गरौं भयो । निन्द्रा नै लागेन ।”     
 
को हुन पुष्पा ? आमा बाबुको माया पाउनु पर्ने बेलाका निर्दोष बालबालिका आमाले गरेको अपराधका कारण उनीहरुसँगै जेलमा बस्न बाध्य छन् भन्ने थाहा पाएपछि समाजसेवामा लागेकी २८ वर्षिय युवती हुनुहुन्छ उहाँ । सेन्ट जेभियर कलेजमा सोसियल स्डडिजको विद्यार्थी रहँदा प्राक्टिलका लागि सुन्धारको जेलमा  पुगेकी पुष्पालाई ८ वर्षअघि जेलमा रहेकी एउटी महिलाको काखमा ८ महिने बालक देखेपछि ती बालकलाई जेलबाट उद्धार गर्न मन लाग्यो ।  कारागार प्रशासनले दिने दैनिक सिधाको भरमा ती महिलाले आफूसहित बच्चालाई हुर्काएको थाहा पाएपछि उहाँको मनले थाम्न नै सकेन र अर्ली चाईल्ड हुड सेन्टर स्थापना गरी उहाँले जेलमा अभिभावकसँगै रहेका बालबालिकाको उद्धार गरी उनीहरुको पालन पोषण र शिक्षा दिक्षाको जिम्मेवारी लिनुभयो । जेलमा रहेका बालबालिका उद्धार गरी उहाँले सेन्टरमा ल्याउर उनीहरुलाई हुर्काउने बढाउने काम गर्नुभएको हो । राम्रो कलेजमा पढेर अमेरिका जाने सोचमा सेन्ट जेभियर कलेजमा पढ्न थालेकी पुष्पाको सोच समाज सेवामा लागेपछि एकाएक परिवर्तन भयो । बालबालिकासँगै खेल्न र रमाउँन पाएपछि उहाँले अमेरिकाको सपना छाडेर यही बस्ने र सेन्टरलाई नै अघि बढाउने निर्णय गर्नुभयो ।  बस्नेत भन्नुहुन्छ “अरु साथी जस्तै मसँग पनि कलेज भर्ना हुँदा राम्रो मार्कस् ल्याउने र अमेरिका जाने सोचाई थियो ।  तर बालबालिकालाई उद्धार गर्न थालेपछि म उनीहरुसँगै रमाउन थालें ।” उहाँ भन्नुहुन्छ “मैंले सेन्टरमा हुर्काई बढाई गरेको बालबालिकाको सपना पुरा गर्नु नै मेरो जीवनको लक्ष्य बनेको छ ।” अर्ली चाईल्ड हुड सेन्टरले गर्छ ? २०६२ सालमा स्थापना भएको अर्ली चाईल्ड हुड सेन्टरले जेलमा अभिभावकसँगै रहेका बालबालिकालाई उद्धार गरी उनीहरुलाई खाने बस्ने र पढ्ने व्यवस्था गर्दै आएको छ । अहिले यो सेन्टरमा  ४० जना बालबालिका छन् । उनीहरुलाई हेरचाहका कलागि पुष्पा सहितका ४ जना दिनरात खटिनुहुन्छ । सेन्टरले सुरुमा नै सुन्धारा कारगारबाट उद्धार गरेका बालक अहिले ८ वर्षका भईसकेका छन् । उनकी आमा पनि जेलबाट छुटेर अहिले ती बालकसँगै यही सेन्टरमा बस्छिन् । के हो सिएनएन हिरो ? यो अमेरिकी टेलिभिजन सस्थाले प्रदान गर्ने एउटा अवार्ड हो । विश्वभरबाट असाधारण काम गर्नेहरुलाई छानेर सिएनएनले सन् २००७ देखि हरेक वर्ष एक जनालाई सिएनएन हिरोको अवार्ड प्रदान गर्दै आएको छ । सन् २०१० को सिएनएन हिरोको अवार्ड माइती नेपालकी अनुराधा कोइरालाले जित्नु भएको थियो । पोहोर यो अवार्डका लागि २४ जनालाई मनोनयन गरेको सिएनएनले यस पटक मनोनयनमा परेका मध्ये ४ जनाको नाम विहीवार बेलुकीसम्ममा सार्वजनिक गरिसकेको छ । र मनोनयनमा पर्ने अरुको नाम पनि क्रमश सार्वजनिक गरिने छ ।  सिएनएन हिरोको मनोनयनका लागि २ जनाको टोलीले केही समयअघि आएर पुष्पाले गरेको काम बारे अध्ययन गरेको थियो । त्यो टोलीले ३ दिन लगाएर आफू, आफ्नो संस्था र संस्थामा रहेका बालबालिका बारे भिडियो तथा अरु सामाग्रीहरु संकलन गरेको पुष्पाले जानकारी दिनुभयो । सिएनएनले ३ दिन लगाएर तयार गरेको सामग्री नै शुक्रवार टेलिभिजन मार्फत प्रशारण हुने छ ।
source:-unn

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!