काठमाडौं, मंसिर १८ - नयाँ दिल्लीमा भइरहेको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशविरुद्ध १-० को रोमाञ्चक जीत हात पारेको छ। जवारलाल नेहरु रंगशालामा खेल सकिन केही सकेण्ड मात्र बाँकी रहँदा सागर थापाले फ्रि किक गोल गर्दै नेपाललाई रोमाञ्चक जीत दिलाए। प्रतिस्पर्धात्मक खेलको अन्त्यतिर बंगलादेशले नेपाललाई दवावमा राखेको थियो। दवावका कारण नेपालको खेल खस्किरहेकै अवस्थामा डि बक्सभन्दा टाढा पाएको फ्रि किकलाई थापाले पोस्टको दायाँ कुनाबाट जाली चुमाए। बंगलादेशलाई हराउँदा नेपालले ३ अंक पाएको छ। यसअघि माल्दिभ्ससँग बराबरी खेल्दै नेपालले १ अंक जोडेको थियो। यो जीतसँगै नेपाल अर्को अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो भएको छ। खेलको हाइलाइट हेर्नुहोस् :
नागरिक
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!