काठमाडौं, मंसिर १८ -बलिउड अभिनेता देवानन्दको ८८ वर्षको उमेरमा निधन भएको छ। उपचारका लागि बेलायत पुगेका आनन्दको आज बिहान हृदयघातका कारण निधन भएको हो। भारतीय सिनेमामा सदावहार रोमान्टिक हिरो रहेका देवानन्दले नेपालमा भएको दरबार हत्याकाण्डलाई आधार बनाएर फिल्म बनाउने घोषणासमेत गरेका थिए। फिल्मको पोस्टर तयार भएपनि उनको यो योजनाले पूर्णता भने पाउन सकेन। उनकै मुलुक भारत लगायत नेपालमा पनि विभिन्न सम्मान पाएका उनी १९६४ देखि फिल्मी क्षेत्रमा सक्रिय थिए। उनका थुप्रै फिल्महरु नेपालमा सुटिङ भएका छन्। देवानन्द मृत्यु अगाडिसम्म पनि फिल्म निर्माण क्षेत्रमै सक्रिय रहँदै आएका थिए। उनको निधनले बलिउड पूरै शोकमा छ। भारतीय फिल्मका हस्तिहरुले सामाजिक सञ्जालबाट उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
नागरिक

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!