Pages

Tuesday, December 06, 2011

कुवेतमाथि नेपालको सनसनीपूर्ण विजय

काठमाडौं, मङ्सिर २०- सेमिफाइनलका लागि जित्‍नै पर्ने दवावमा रहेको एसीसी ट्वान्टी - २० खेलमा नेपालले कुबेतलाई १ रनले जितेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको रोमाञ्चक खेलमा अन्तिम १ बल बाँकी रहँदै अन्तिम विकेट झारेपछि नेपालले सनसनीपूर्ण खेल आफ्नो कब्जामा पारेको हो।    १ सय २७ रनको चुनौतीको सामना गर्न आएको कुवेतलाई नेपाली बलरहरुले १ सय २५ रनमा सीमित गराए। यसअघि ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २६ रन जोडेको थियो। नेपालले सेमिफाइनल प्रवेशका लागि यो खेल निर्णायक थियो।  यसअघिका दुई प्रतियोगितमा नेपालले एकमा जित र अर्कोमा पराजय भोगिसकेको थियो।
                                                                                                                                           नागरिक

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!