Pages

Wednesday, November 23, 2011

अफहरित बालकको शव सुटकेसमा फेला पर्‍यो

केपी ढुंगाना, काठमाडौं, मंसिर ७- एघार वर्षीय बालकको अपहरण गरी हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन्। बाफलमा बस्दै आएका धनुषाका सुभम शाहको हत्यारा अपहरणको अभियोगमा प्रहरीले सन्तोष पण्डित, देवेन्द्र ठाकुर, रामजी ठाकुर, धर्मेन्द्र ठाकुर, लालबाबु ठाकुर, दीपक बलामी र आषिश दुरा पक्राउ परेका हुन्।       बाफलमा ठूलाबाबुका छोरासँग बस्दै आएका उनी विद्यालय जाने क्रममा मंसिर २ गते बिहान ९ बजे हराएका थिए। सोही दिन साँझ साढे ४ बजे अज्ञात व्यक्तिले बालकका बाबुलाई फोन गरी सुबमको अपहरण भएको भन्दै ५० लाख फिरौती मागेका थिए।   अपहरित बालकका बुबाले दोस्रो दिन प्रहरीलाई घटनाबारे जानकारी गराएको महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी हृदय थापाले बताए।

 थापाका अनुसार अपहरणमा संलग्न अभियुक्तहरु बुधबार पक्राउ परेपछि बालकको हत्या भइसकेको खुलेको थियो।   अपहरणका अभियुक्तहरुले आइतबार नै बालकको हत्या गरी सुटकेसमा राखेर कंलकीको एक गाडीमा छोडेका थिए। बुधबार प्रहरीले कंलकीमा रहेको सुपरसीता यातायातको टिकट काउन्टरबाट बालकको शव राखेको सुटकेसमा फेला पारेको थियो।   प्रहरीका अनुसार अपहरणकारीहरुले प्रारम्भमा ५० लाख फिरौती मागेका थिए। बार्गेनिङका क्रममा उनीहरु २५ लाखसम्म फिरौती लिन तयार भएका थिए। प्रहरीका अनुसार फिरौती लिएर बालकको हत्या गर्ने योजना बनाएका थिए। 



souce: nagriknews

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!