Pages

Monday, November 21, 2011

आफ्नै छोरी बलात्कार गर्ने नरपशु -बाबु पक्राउ

धनकुटा, मंसिर ५ - सान्ने ८ का ४३ वर्षीय देवेन्द्र अधिकारीले आफ्नै छोरीलाई आइतवार राति बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।  बाबुबाट बलात्कृत भएपछि किशोरीले प्रहरीमा सोमवार उजुरी गरेपछि अभियुक्तलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विनोद शर्माले जानकारी दिए । विद्यालयको गृहकार्य गरेर सुत्न लाग्दा बाबुले बलत्कार गरेको पीडितले बताइन् ।  ‘भुईँतलामा होमवर्क गर्दै थिए’, उनले घटनाबारे सुनाइन्, ‘रेडियो सुनिरहेका बुवाले अकस्मात अपराध गर्नु भयो ।’ घटनाबारे आमालाई सुनाएपछि सोमवार बिहान जिल्ला प्रहरी कार्यालयमा पीडित युवतिले रुँदै गुहार मागेकी थिइन् । प्रहरीले अधिकारकर्मी, सञ्चारकर्मी, महिलावादी संघसंस्थाका प्रतिनिधि र कानुन व्यवसायी भेला गरी घटनाबारे जानकारी गराएको छ ।  सहभागी सामु पीडितले आफुलाई बचाउन बारम्बार अनुरोध गरिन् । मानसिक रुपमा समेत निकै विछिप्त बनेकी पीडितले अपराधमा सम्लग्न बाबुलाई कारवाहीको माग गरिन् । उनको उजुरीको आधारमा प्रहरीले तत्काल पक्राउ गरी हाल हिरासतमा राखेको छ ।  घटनाबारे प्रहरीले अदालतमा मुद्धा अघि सार्ने जनाएको छ । बारम्बार मादक पदार्थ खाएर पत्नि र छोराछोरीलाई शारिरीक र मानसिक यातना दिने गरेको पीडितले बताइन् 
source:-ekantipur

1 comment:

  1. Kasto abradi babu..
    Yasto pani samajma 6an?
    Hadai samman ko sajaya hunupar6 yastolai......

    ReplyDelete

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!