Pages

Monday, November 21, 2011

मुगुमा मकालु एयरको विमान दुर्घटना

काठमाण्डौं, मंसिर ५ - मकालु एयरको एउटा बिमान मुगुको ताल्चा विमानस्थलमा दुर्घटना भएको छ । दुर्घटनामा चालक दलका सदस्य सहित ६ जना घाइते भएका छन् । नेपालगञ्जबाट यात्रु लिएर ताल्चा विमानस्थलमा पुगेको बिमान अवतरणका क्रममा चिप्लियर धावनमार्गबाट केही तल खसेको थियो । तल खसेपछि विमानको इन्जिनमा आगो लागेको र आगो तत्कालै नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।  घाइतेहरुको मुगुमा नै उपचार भइरहेको छ । उद्धारका लागि काठमाण्डूमाबाट अर्को बिमान पठाईएको र थप विवरण आउन बाँकी रहेको मकालु एयरले जनाएको छ । ३ वर्षअघि स्थापना भएको मकालु एयरले नेपालगञ्जलाई आधार मानेर मध्यपश्चिम तथा सुदुर पश्चिमका जिल्लाहरुमा यात्रु तथा कार्गो ओसार्दै आएको छ ।source:-unn

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!