काठमाडौ, अषाढ १- झापा ज्यामिरगढी-९ सुकरसिंह बस्तीका २४ वर्षीय अशोक पौड्याल र कैलाली मसुरिया-७ शंकरपुरकी २२ वर्षीया आरती सापकोटा प्रणयसूत्रमा बाँधिएका छन् । रुद्रप्रसाद र खडिमाया पौड्यालका कान्छा छोरा अशोक र खेमराज र कुश्मा सापकोटाकी कान्छी छोरी आरतीको पहिलो भेट गएको मंसिरमा याहु म्यासेन्जरले गराएको थियो । अनलाइनमा भेटिहाल्छ कि भन्दै आशोक च्याटरुममा साथी खोजिरहेका थिए, आरती भेटिइन् । 'च्याटमा भेटिएकोसँग विवाह होला भन्ने लागेकै थिएन,' अशोकले भने । च्याटरुमा भेटिएपछि उनीहरूले लगत्तै लिस्टमा एकअर्कालाई गाभे । पूर्वका अशोक र सुदूरपश्चिमकी आरती दिनमा एकपटक च्याटबिना बस्नै नसक्ने भए । अनलाइनबाटै फोटो साटासाट गरे । त्यसबेलासम्म उनीहरू साथी मात्रै थिए । झापाको मेची क्याम्पसमा बीए दोस्रो वर्षको परीक्षा दिइबसेका अशोकले पढाइलाई काठमाडांै सारे, आरआर क्याम्पसमा भर्ना भए । संयोगले कैलाली बहुमुखी क्याम्पस धनगढीमा शिक्षा संकाय पहिलो वर्षको परीक्षा दिइबसेकी आरती फागुन अन्तिममा घुम्न काठमाडौं गइन् । 'उनलाई देख्दा तिनछक्कै परेँ,' अशोकले पहिलो भेट सम्झे, 'कम्प्युटरमा देखेको भन्दा राम्री ।' आरती पनि अशोकलाई देखेर मख्ख परिछन् । पहिलो प्रत्यक्ष भेटलाई डेटिङ मान्दै घन्टांै गफिए । अशोकले प्रेमप्रस्ताव राख्न चाहे । 'धेरै प्रयास गरे पनि गरें पनि सकिनँ,' उनले भने । आरती कैलाली फर्किएपछि भने उनले फोनमार्फत प्रस्ताव राखे । अशोकको प्रस्तावले आरतीको बोली फुटेन । 'केही बोल्नै सकिनँ,' उनले सम्भिmन्, 'केही नबोली फोन काटिदिएँ ।' १० दिनपछिको एक दिउँसो उनले अशोकलाई फोनबाटै 'आई लभ यू टु' भन्न लगाइछन् साथीमार्फत । 'बुझेर मात्रै प्रस्ताव स्वीकार गरें' उनले भनिन् । उनले साथी सिर्जना ढुंगेलको सहयोग लिएकी रहेछन् अशोकबारे बुझ्न । उनको पारिवारिकलगायत अरू अवस्थाबारे बुझेपछि आरतीले अशोकलाई धनगढी बोलाइन् विवाहका लागि । चार साथीसहित असार १० गते धनगढी पुगेका अशोकलाई आरतीका परिवारले टीका लगाई छोरी दिए । कैलाली बजारमा खरिद गरेको रातो साडी र चोलो, चुरा, पोते, मंगलसूत्र र कानमा झुम्कामा आरती सजिएकी थिइन् । उनका साथीहरूले हात मेहेन्दी लगाइदिएका थिए । विवाहमा दुई लाख खर्च भएको आरतीको अनुमान छ । टाढा कारण अशोकका कोही आफन्त मात्रै धनगढी पुगे । अशोकले बिहेमा करिब २ लाख खर्च भएको बताए । धनगढी-झापा दौडाहामा थकित जोडी केही समयको आरामपछि हनिमुनका लागि दार्जिलिड जाने सोचमा छ । source:-ekantipur
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!