Pages

Sunday, July 17, 2011

नशालु पदार्थ खुवाएर युवतीलाई बलात्कार प्रयास

काठमाडौं, श्रावण १ - स्लाइसमा बियर मिसाई लठ्याएर एक युवतीलाई बलात्कार गर्न खोज्ने युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग जनसेवाले काभ्रे महेन्द्रज्योतिका जीवन केसीलाई पक्राउ गरेको हो । गोठाटारमा धान रोप्न मेला जान लागेकी युवतीलाई रोपाइँमा पुर्‍याइदिने भन्दै ३५ वर्षीय केसीले फकाएर बलात्कार प्रयास गरेको जनसेवा प्रभागका प्रहरी निरीक्षक कवित कटवालले बताए ।  उनका अनुसार बिहान रोपाइँमा जान ठिक्क परेर सडकमा उभिएकी युवतीलाई चिनेको जसो गरेर रोपाइँमा पुर्‍याइदिने भन्दै मोटरसाइकलमा लिएर हिँडेका थिए । 'बत्तिसपुतलीको एउटा होटलमा स्लाइसमा बियर मिसाएर खान्न भन्दाभन्दै जबरजस्ती खुवाएछ,' उनले भने, 'केटी लठ्ठ भएपछि न्युरोडस्थित भाइको कोठामा लगेर बलत्कार गर्न खोज्दा केटी होसमा आएर भागिछन् ।'  रुँदै कराउँदै सडकमा आइपुगेकी पीडित २० वर्षीया युवती बेहोस भएपछि स्थानीयले प्रहरीलाई खबर गरिदिएका थिए । प्रहरी पुग्न नपाउँदै आरोपित जीवन केसी भागेका थिए । प्रहरीले युवतीको उद्धार गर्दै उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो । केटीले नै दिएको सूचना र हुलियाका आधारमा केसीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कटवालले जानकारी दिए । प्रहरीले केसीको बा२४प २१० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   


source:-ekantipur

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!