Pages

Sunday, July 17, 2011

गर्भावस्थामा बढी खानाले मोटोपन

काठमाडौ, अषाढ ३२ - गर्भावस्थामा महिलालाई सामान्यतः दुई व्यक्तिले खाने बराबर खाना सल्लाह दिइन्छ । तर अनुसन्धानकर्ताहरूका अनुसार गर्भावस्थाको समय आवश्यकताभन्दा बढी खाँदा जीवनभर मोटोपनाको सिकार हुनुपर्ने हुन्छ ।  बि्रस्टल विश्वविद्यालयका अध्ययनकर्ता एबिगैल फ्रेजरका अनुसार गर्भावस्थाका महिलालाई आवश्यकताभन्दा बढी खाना खानुबाट वञ्चित तुल्याउनुपर्छ ।  उनीहरूलाई मुख्यतः गर्भावस्थाको ६ महिनाको समयमा आवश्यकताभन्दा बढी खानुबाट टाढा राख्नै पर्छ । यो समयमा बढी खाना लिनाले शरीरमा बोसो जम्मा हुन्छ, जबकि सुरुवाती ६ महिना गर्भमा विकसित भइरहेको शिशुको विकासका लागि वास्तवमा त्यति बढी बोसो आवश्यकता नै हुँदैन ।  अनुसन्धानमा गर्भावस्थाको समय तौल बढ्नु सामान्य मानिएको छ । तर गर्भावस्थाको समय जुन महिलाको तौल आवश्यकताभन्दा बढी बढछ, १६ वर्षपछि उनीहरूको तौल तीनगुणा बढ्छ र शरीर स्याउ आकारको हुन जान्छ । गर्भवती हुने समय स्वस्थ रहने र तौलमा सामान्य मात्रै वृद्घि हुने महिलामा जीवनभर मोटोपन कम हुने पनि अनुसन्धानले औंल्याएको छ ।


source:-ekantipur

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!