१ साउन, सप्तरी । एमाले पूर्वसांसद जगदीश साहका अंगरक्षक प्रहरी हवल्दार प्रवेश महतोले एक जनाको गोली हानी हत्या गरेका छन् । महतोले सप्तरी शम्भुनाथ गाविस-८ सकुवाका रामबहादुर चौधरीको गोली हानी हत्या गरेका हुन् । अत्याधिक मादकपदार्थ सेवन गरेका महतोले हानेको गाली लागी साहको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । चौधरीका परिवारले पूर्वसांसद साहले राजनीतिक प्रतिशोधका कारण अंगरक्षकलाई गोली हान्न लगाएर उनको हत्या गरेको आरोप लगाएका छन् । मृतक चैधरीको शव पोष्टमार्टमका लागि सगरमाथा अञ्चल अस्पताल राजविराजमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
source:-onlinekhabar
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!