१ साउन, काठमाडौँ । सरकारले आजदेखि राजधानी बारिहका ३८ जिल्ला प्रशासन कार्यालयबाट मेसिन रिडेवल पासपोर्ट एमआरपी वितरण गर्दैछ । आजबाट ३८ जिल्लामा राहदानी फरक बुझ्ने र वितरण गर्ने कार्य थाल्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जिल्लाबाटै राहदानी त्यसका लागि आवश्यक फारामहरु सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा पठाई सकिएको गृहसचिव लीलामणि पौडेलले जानकारी दिनुभयो । पौडेलले भदौ महिनामा थप २० र असोजसम्ममा ७५ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट राहदानी वितरण गर्ने तयारी भइरहेको बताउनुभयो । आजबाट राहदानी बााड्न लागिएका जिल्लाहरुमा पूर्वका मोरङ, सुनसरी, सप्तरी, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ। ओखलढुंगा, संखुवासभा र पूर्वी तराइका बारा, पर्सा र रौतहट तथा कास्की, मनाङ, मुस्ताङ, बाग्लुङ, पर्वत र म्याग्दी छन् । यसैगरी गोरखा लमजुङ, स्याङजा, तनहुा, बाँके,बर्दिया,कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, अछाम, दैलेख, सुर्खेत, हुम्ला, दार्चुला, बैतडी जिा प्रशासन कार्यलयले आजबाट राहदानी र्फम वितरण र बुझ्ने काम थाल्दै छन् । पौडेलले फाराम भरेपछि केन्द्रीय राहदानी कार्यालयमा पठाइने र राहदानी तयार पारेपछि जिल्ला लगेर बाँडिने जानकारी दिनुभयो । राजधानीबाट मात्र राहदानी बाँडिँदा सेवाग्राहीले असुविधा भोग्दै आएका थिए ।source:-onlinekhabar
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!