२ मंसिर, काठमाण्डौ । काठमाण्डौं महानगरपालिकाले २४ घण्टा चलाउने गरि दुई तले मेट्रो बस चलाउने तयारी गरिरहेको छ ।
यसका लागि महानगरपालिकाले इच्छुक कम्पनीलाई प्रस्ताव पेश गर्न आह्वान समेत गरेको छ । कात्तिक १ गते गरिएको आह्वानपछि जय जनता नामक कम्पनीले वस संचालनका लागि इच्छापत्र बुझाएको आजको कान्तिपुर दैनिले छापेको छ ।
काठमाण्डौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने-एकैपटकमा धेरै यात्रु बोक्न सकियोस भनेर दुई तले वस संचालनका लागि हामीले काम सुरु गरेका छौं,- उनले भने-’ सुरुमा कम्तीमा १० वटा बस संचालनमा ल्याउँछौं ।’
प्रस्ताव उपयुक्त लागे जय जनताले संचालन गर्न पाउनेछ, चित्त नबुझे परि आह्वान गर्ने उनले बताए । सेवा संचालन गर्ने कम्पनीले बस आफैं ल्याउनुपर्ने छ भने नाफा पनि आफैं लिन पाउने छ । महानगरपालिकाले रुट र बाषिर्क करमा छुट दिने छ । यस्तो बसमा करिव ८० जना यात्रु चढ्न मिल्ने उनले बताए । अहिलेका बसमा करिव २० देखि ३० जनामात्र चढ्न मिल्ने भएकाले काठमाण्डौंमा सवारीको संख्या बढ्दै छ ।
बस रातीपनि संचालन हुने भएकाले सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिने तयारी भइरहेको छ । ‘महानगरिय प्रहरीले एउटा बसमा एकजना प्रहरी दिन सहमति जनाएको छ- कार्कीले भने- रातीको चल्ने बसमा उनीहरु वस्नेछन् ।’
राती राजधानी आएका र अफिसबाट ढिलो र्फकनेलाई रात्रीकालीन बस सेवाले सहयोग पुग्ने उनले बताए । रातीको समयमा आबश्यकताअनुसार २/३ वटा मात्र बस चल्ने कुन स्टेशनमा कति बजे बस आइपुग्छ भन्ने पहिल्यै जानकारी दिइने उनले बताए ।


0 commentaires