अत्याधुनिक हतियारसहित पक्राउ

वीरगन्ज, मंसिर २  - प्रहरीले बिहीवार विहान पर्साको सिसिर्याबाट अत्याधुनिक हतियार बरामद गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले जयमंगल कुर्मीको घरमा छापामारी २ थान शर्ट मेसिन गन (एसएमजी ), त्यसमा प्रयोग हुने ४ वटा म्यागेजिन, एक थान लोडेड नलकटुवा पेस्तोल र ४ राउण्ड गोली बरामद गरेको छ ।  प्रहरी नायव उपरीक्षक द्धिवेश लोहनीका अनुसार मोटरसाइकल र गाडीमा प्रयोगका लागि खाली अवस्थामा राखिएको ५ वटा नेपाली नम्बर प्लेट समेत बरामद भएको छ । गाउँमा ५/७ जनाको समूहले आपराधिक योजना बनाइरहेको सूचना पाउन साथ प्रहरीले छापामारेको उनले बताए । 
उनले भने, 'उनीहरु गाउँमै भोज गर्दै योजना बनाउँदै थिए ।'  जिल्ला प्रहरी कार्यालयबाट दुईजना प्रहरी नायव उपरीक्षकको नेतृत्वमा ठूलो परिमाणमा प्रहरी परिचालन भएको थियो । प्रहरीको गाडी देख्ने बित्तिकै आपराधिक समूह फरार भएको लोहनीले बताए ।  भोजका लागि मासु पकाउँदै गरेका शिवप्रसाद सहनीलाई प्रहरीले हिरासतमा लिएको छ । ' घरमा खनतलासी गर्दा अवैध तरिकाले हतियार राखिएको भेटियो,' लोहनीले भने । अन्य फरार रहेकाको पहिचान भइनसकेका प्रहरी प्रवक्ता रविन्द्र केसीले जनाए ।

 यसअघि प्रहरीले जयमंगलका छोरा धनन्जय कुर्मीलाई गत भदौ ९ मा लेन्ससहितको राइफलसहित पक्राउ गरेको थियो । विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको सूचना पाएपछि प्रहरीले उनी बस्ने वीरगन्जको मुर्ली स्थित निवासमा छापामारेका थियो ।  त्यसबेला लेन्सजडित हतियार, मोटोरोलाको सञ्चार सेट दुई थान र गोली बरामद भएको थियो । हतियारको लाइसेन्स भएकाले उनी तत्काल रिहा भएपनि अवैध रुपले सञ्चार सेट राखेकाले प्रहरीले आवश्यक कारवाहीका लागि काठमाडौं स्थित नेपाल दूरसंचार प्राधिकरणलाई बुझाएको प्रवक्ता केसीले बताए । 'कुन आधारमा प्राधिकरणले निजलाई रिहा गर्‍यो ?' केसीले भने । छानबिन पछि धनन्जयलाई प्राधिकरणले रिहा गरेको थियो । source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login