२ मंसिर, काठमाण्डौं । बेलायतमा डिपेन्डेन्ट भिषामा आउने बिदेशीहरुको संख्या बढ्दै गएपछि सरकारले गरिव दम्पत्तिलाई सँगै बस्न नपाउने नीति ल्याउने भएको छ । बिदेशीको जनसंख्या घटाउन खोजिरहेको बेलायतले बाषिर्क २६ हजार पाउण्डभन्दा कम कमाउने दम्पत्ति सँगै बस्न नपाउने नीति ल्याउन लागेको आजको समाचारपत्र दैनिकले छापेको छ । आफ्नो जोडीलाई बेलायत राख्न चाहानेले बाषिर्क २६ हजारभन्दा बढी आम्दानी देखाउनुपर्ने हुन्छ । तोकिएको रकम नकमाउने बिदेशी नागरिक बेलायतका लागि भार हुने भन्दै त्यस्ता बिदेशीलाई बेलायतबाट फर्काउन वा बेलायत पस्नै नदिने नीति ल्याउन सक्ने बेलायतले जनाएको छ । यो योजनाले बेलायतमा बसिरहेका करिव दूईतिहाई बिदेशीलाई प्रभाव पार्ने डेली मेल पत्रिकाले जनाएको छ । त्यहाँका बसाइसराईसम्बन्धी सल्लाहकारलाई उदृत गर्दै पत्रिकाले भनेको छ- बिदेशी नागरिकले आफ्ना श्रीमति बेलायत ल्याउन अहिलेको कमाईलाई दोब्बर बनउनुपर्ने हुन्छ ।’ यो नीतिअनुसार आधान्दा बढि बिदेशी सरकारी सुरक्षण कार्यक्रममा भर नपरी बेलायतमा आफ्नो जोडी ल्याउन असमर्थ हुन्छन् । गतबर्ष बेलायतमा चालिस हजार बिदेशी दम्पत्तिले भिषा पाएका थिए, नयाँ प्रस्तावले उनीहरुमध्ये ६३ प्रतिशतलाई बेलायतबाट हटाउने प्रस्ताव गरेको छ । जसको प्रत्यक्ष असर बेलायतमा बसोबास गरिरहेका नेपालीमा पनि पर्ने भएको छ । बसाइ सराई समितिको बिबरणअनुसार चालिसहजार भन्दा बढी जोडी युरोपभन्दा बाहिरबाट ल्याएका छन् । तीमध्ये एक तिहाई भारत, पाकिस्तान र बंगलादेशबाट, ६ प्रतिशत अमेरिकाबाट र ५ प्रतिशत नेपालबाट ल्याइएका छन् । साथमा बच्चा पनि राख्न चाहाने बिदेशीले तोकिएभन्दा अझै बढि कमाउनुपर्ने छ ।
समाचार
»
बेलायतमा गरिव बिदेशी दम्पत्ति सँगै बस्न नपाउने
बेलायतमा गरिव बिदेशी दम्पत्ति सँगै बस्न नपाउने
Tags:
समाचार


0 commentaires