एकै घरका दुई बालबालिकासहित चार जनाको हत्या

विक्रम गिरी, महेन्द्रनगर, साउन ३०- कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मटेनामा एकै घरका दुई बालबालिकासहित चार जनाको हत्या भएको छ। स्थानीय करविर नाथको घरमा उनकी श्रीमती, बुहारी, नाती र नातिनीको हत्या गरिएको छ।      आइतबार राति भएको हत्यामा करवीरकी ५० वर्षीया श्रीमती हर्‍या नाथ, उनकी २५ वर्षीया बुहारी धनादेबी नाथ, ६ वर्षीय नाति रवि नाथ र ४ वर्षीया नातीनी रेनुका नाथ रहेका छन्। करवीरका छोरा धर्मानन्द नाथ फरार रहेकाले घट्नामा उनको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ।  राति घरपरिवारका साथमा रहेका धर्मानन्द बिहान घरमा नभेट्टिएपछि उनीमाथि शंका गरिएको हो। केही वर्षयता धर्मानन्दको मानसिक अवस्था ठीक नभएको स्थानियले बताए। उनका बाबु करविर भारतको मुम्बईमा काम गर्छन् भने दाजु शसस्त्र प्रहरीमा कार्यरत छन्। धर्मानन्द फरार भएपछि हत्या गरिएका चार जनाबाहेक घरमा अन्य कोही नहुँदा घट्नाबारे राति नै थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  छिमेकीहरुले सोमबार बिहानै गाईवस्तु फुकाएको देखेपछि नाथको घरमा जाँदा चारै जनालाई मृत भेट्टाएको थियो। छिमेकीहरुले नै घट्नाबारे ब्रह्‍मदेव प्रहरी चौकीलाई खबर गरेका थिए। फरार धर्मानन्दको प्रहरीले खोजी गरिरहेको अनुसन्धानका घट्नास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्र शाहले बताए। चार वटै शव पोष्टमार्टमाका लागि महाकाली अञ्चल अस्पताल ल्याउँदै गरेको प्रहरी निरीक्षक शाहले बताए।



source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login