बंगलादेशी युवक नेपालमा बाख्रा चराउँदै, तलब ८ हजार

सन्तोष पोखरेल, पोखरा, साउन ३०-नेपालका लाखौं युवा वर्षेनी रोजगारी खोज्दै विदेश जान्छन्। तर, पछिल्लो समय विदेशी युवा रोजगारी खोज्दै नेपाल आउन थालेका छन्। कास्कीको भरतपोखरी-९ सिंगारेवासमा बंगलादेशबाट आएका एक युवाले अहिले बाख्रा फारममा काम गरिरहेका छन्। बंगलादेशको मिजोरी डिस्ट्रिक्टका २५ वर्षीय मोहम्मद आश्राफुल आलमले स्थानीय चन्द्रकान्त आचार्य र विजय आचार्यको संयुक्त लगानीमा सञ्चालित फारममा बाख्रा हेरचाहको काम गर्दै आएका छन्।  गत माघबाट बाख्रा गोठालो गरिरहेका उनले एक वर्षे भिसा लिएर रोजगारीका लागि यहाँ आएका हुन्। फारम सञ्चालक चन्द्रकान्त आचार्यका अनुसार आलमले मासिक ८ हजार रुपैयाँ पारिश्रमिक पाउँछन्। पारिश्रमिकबाहेक उनलाई खान बस्न सुविधा दिइएको छ। अहिले महिनाको ८ हजार कमाउन मुलुकबाट १० लाख युवा विदेशमा पुगेका छन्।  'बिहानै उठेर पानी खुवाउनेदेखि घाँस काट्ने र बाख्राको हेरचाह गर्ने सबै जिम्मा आलमकै हो,' आचार्यले नागरिकसँग भने, 'नेपालीले भन्दा उनले राम्रो काम गरिरहेका छन्।'  बंगलादेशमा फर्निचरमा काम गरेका आलम नेपालमा बाख्रा फारममा काम गर्न पाउँदा खुसी रहेको आचार्यले बताए। आलमलाई फारमका १ सय ५० बाख्राको हेरचाह गर्ने जिम्मेवारी दिइएको छ।  आचार्यले २ लाख रुपैयाँ लगानी गरेर खरी र जमुनापारी जातका बाख्रा पालन सुरु गरेका थिए। उनले अहिलेसम्म करिब २ लाख रुपैयाँ बराबरको खसी बिक्री गरिसकेको बताए। १६ वटा बाख्राबाट सुरु भएको उनको व्यवसाय अहिले १ सय ५० वटामा पुगेको छ।  आचार्यका अनुसार आलमसँगै अर्का एक बंगलादेशी नागरिक पनि काम गर्न यहीं आएका थिए। तर शारीरिक अस्वस्थाले केही दिनमै फर्के। 'अहिलेसम्म हामीले उनलाई कुनै काम सिकाउनुपरेको छैन, सुरु सुरुमा भाषाको समस्या भयो, अहिले नेपाली पनि बु‰न थालिसके,' आचार्यले भने। काठमाडौंको एक म्यानपावर कम्पनीमार्फत आमललाई आचार्यले यहाँसम्म ल्याएका हुन्।  नेपालको ग्रामीण भेगमा बसेर काम गर्न पाएकोमा बंगलादेशी आलम निकै खुसी छन्। 'नेपालमा काम गर्न सजिलो रहेछ,' उनले फोनमा नागरिकसँग भने, 'यहाँको मौसम पनि राम्रो रहेछ, काम गर्न धेरै सजिलो छ।' उनले बाख्रा चराउने, घास खुवाउने र खोर सरसफाइको काम गर्नुपर्ने बताए।  रोजगारीका लागि इराक जान बंगलादेशको एक म्यानपावर कम्पनिलाई २ लाख २० हजार रुपैयाँ दिए पनि २ वर्षसम्म जान नपाएपछि नेपाल आएको उनले बताए। 'दुई वर्षसम्म इराक पठाई दिने भन्दै म्यानपावर कम्पनीले रोकेर राख्यो तर पठाएन,' उनले भने, 'नेपाल जाने हो भनेर सोधेपछि हुन्छ भनेर आएको हुँ।' उनले नेपालमा आफूलाई भने अनुसार काम र पारिश्रमिक दिएको बताए। आलम एक वर्ष काम गरेर बंगलादेश फर्कने योजनामा छन्।  'एक वर्ष यहाँ काम गर्छु, अनि स्वदेश फर्कने हो र फेरि भिसा थपेर नेपाल आउने सोचाईमा छु,' आलमले भने, 'इराक जाँदा लागेको ऋण नेपालमै बसेर कमाउने सोचाईमा छु,।'  फारम सञ्चालक आचार्यले नेपाली कामदार नपाएपछि विदेशी ल्याएर काममा लगाएको बताए। 'नेपालीले धेरै बिदा र सुविधा खोज्छन्, अनि काममा पनि ठग्छन्,' आचार्यले भने, 'विदेशी इमान्दार हुने रहेछन्। उनीहरुलाई विदा पनि नचाहिने भएकाले झनै सजिलो भएको छ।'




source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login