नेपालगन्ज/बुटवल, श्रावण १६ - बाँके र रुपन्देहीमा सोमबार बिहान भएको अलग-अलग दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ती दुर्घटनामा दुई दर्जन घाइते भएका छन् । बाकेको खास कुशुम-४ गाभरस्थित पुर्व पश्चिम महेन्द्र राजमार्गमा सोमबार बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाण्डौबाट सुर्खेत जान आइरहेको वा ८ च ८६७१ नम्बरको कार बिहान सडक नजिकैको रुखमा ठोक्कीदा दुर्घटनामा परेको हो । उक्त घटनमा कार सुर्खेत बाबिया चौरका ३२ वर्षीय चालक यमलाल सापकोटाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनमा दुई पुरुष र १ महिला सहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक उदय तामाङले बताए । घाइते हुनेहरुमा सुर्खेत सहारे-८का ३५ वर्षीय रत्न ओली, बाबिया चौरका भिम गौतम , बीरेन्द्र नगरकी कृष्णा सापकोटा र कालीकोट जुबिथाका केबी शाही छन् । प्रहरीले घाइतेको उद्धार गरि उपचारर्थ कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना गराएको छ । यसैबीच रुपन्देहीको सालझण्डीस्थित फायरलाइनमा भएको सवारी दुर्घटनामा २० यात्रु घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट काठमाडौं जाँदै गरेको लु १ ख ४०५२ नम्मरको बस बिहान ८ बजे पल्टीदा ५ गम्भीरसहित २० यात्रु घाइते भएका हुन् । घाइतेमध्ये धेरैजसो कपिलवस्तुको वाणगंगाबाट जल लिएर पर्रोहा बोलबम धाममा आउँदै गरेका भक्तजन रहेको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते सबैको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
source:-ekantipur


0 commentaires