शिव मन्दिरहरुमा महिलाको घुईंचो

३० साउन, काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार । महिलाहरु काठमाडौँको पशुपतिलनाथ लगायत मुलुकभर आफूलाई पायक पर्ने शिव मन्दिरहरुमा जलधारा गर्दै आराधना गरिरहेका छन् ।  त्यसका लागि पशुपतिसहित धरानको कुम्भेश्वर र खोटाङको हलेसी लगायतका शिव मन्दिरहरुमा महिलाहरुको घुईंचो लागेको छ । साउन महिनाको पहिलो सोमबारदेखि व्रत बसेका हिन्दू नारीहरुले आज शिवालयमा गएर पूजाआजा गरी व्रत समाप्त गर्दछन् ।  यस्तै आजै बोलबमप्रति आस्था राख्नेहरुले खाली खुट्टा सुन्दरीजल पुगेर जल ल्याई पशुपतिमा चढाउने पनि प्रचलन रहिआएको छ ।  हरियो, पहेलो र रातो रङ्का बस्त्र, चुरा र मेहन्दी लगाएर व्रत तथा आराधना गरे शिव खुसी भई मनोकांक्षा पूरा गरिदिने धार्मिक विश्वास अनुसार साउन महिनाको प्रत्येक सोमबार महिला तथा युवतीहरु व्रत बस्ने गर्दछन् । यसपटक साउन महिनामा पाँच वटा सोमबार परेका थिए ।


source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login