सन्तोष रिमाल, काठमाडौं, साउन ३१- 'ओली बदनाम हुई पर्शुराम के लिए' संगीतकार तथा गायक टिका भण्डारीले 'मुन्नी बदनाम हुई'को प्यारोडी बनाएर गाउँदा स्रोता थिए एमाले नेता केपी ओली पनि। राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको 'तीतेजिरे मेरीबास्सै गाईजात्रे' कार्यक्रममा उनले आफू र सहकर्मी नेताको बारेमा प्रशस्तै व्यङ्ग्य वाण सुने। करिब तीन घन्टाको प्रहसन, प्यारोडी र नाचगानको स्वाद लिएपछि कलाकारलाई धन्यवाद दिए, फोटो खिचे र बिदा भए। जसका बारेमा गाईजात्रा तयार पारेको हो त्यही समुहको वरिष्ठ नेतालाई दर्शकका रुपमा पाउँदा कलाकारहरु खुशी थिए। कार्यक्रममा ओलीकै क्यारिकेचर गर्ने सीताराम कट्टेल 'धुर्मुस'ले यसलाई रमाइलो संयोगको रूपमा व्याख्या गरे। 'हाम्रो निम्तो स्वीकार गरेर उहाँ आउनु भएकोमा निकै खुशी लागेको छ,' आफ्नो कामको ओलीले प्रशंसा गर्ने गरेको उल्लेख गर्न पनि उनी चुकेनन्। कार्यक्रममा 'मेरीबास्सै' समूहले 'डमी' शीर्षकको प्रहसन छ। उनी त्यसमा दोहोरो भुमिकामा देखिन्छन्। कुञ्जना घिमिरे 'सुन्तली', सुरवीर पण्डित र डा बाबुराम भट्टराईको क्यारिकेचर गर्दै आएका ज्योति काफ्लेको यसमा अभिनय छ। कार्यक्रममा प्रचण्डको भूमिका निर्वाह गरेका दीपकराज गिरीले फोटो सेसनमा पनि व्यङ्ग्य छोड्न भ्याए। 'सक्कली ओली र प्रचण्ड सँगै भेटिनु दुर्लभ भए पनि नक्कलीले त्यो मौका किन गुमाउनु?' 'तीतो सत्य'को उनकी जोडी दीपाश्री निरौला यो कार्यक्रममा भारतीय प्रहरीको भूमिकामा देखिन्छिन्। गोपाल नेपाल 'फिस्टे', निर्मल शर्मा 'गैंडा' र लाजालामको अभिनय यसमा छ। 'जिरे खुर्सानी'का कलाकार जितु नेपाल, राजाराम पौडेल र शिवहरि बैरागी कार्यक्रममा 'थ्री इडियट'का रूपमा देखा पर्छन्। कांग्रेस सभापति सुशील कोइराला, माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खानालको भूमिका उनीहरुले निर्वाह गरेका छन्। योगगुरु रामदेवको भूमिकाका साथै कार्यक्रम सञ्चालनको जिम्मेवारी सम्हालेका छन् मनोज गजुरेलले। किरण केसी, कमल मैनाली, शैलेन्द्र सिंखडा, सुजाता सिटौलालगायतका कलाकारको प्रस्तुति कार्यक्रममा छ।
बेहोस हुने तर प्राण नजाने व्यंग्य गर्नुपर्छ: केपी ओली
कलाकारले प्रस्तुत गरेको राजनीतिक गाईजात्रा जायज छ?
काम नाजायज होइन। अलि अलि जायज लाग्यो बाँकी थपथाप छ। कलाकारले व्यङ्ग्य गर्दा बेहोस हुने तर प्राण नजाने गरी गर्नुपर्छ।
कलाकारले प्रस्तुत गरेको राजनीतिक गाईजात्रा जायज छ?
काम नाजायज होइन। अलि अलि जायज लाग्यो बाँकी थपथाप छ। कलाकारले व्यङ्ग्य गर्दा बेहोस हुने तर प्राण नजाने गरी गर्नुपर्छ।
राजनीतिको जुन गाईजात्रा यहाँ देखाइयो, त्यस बारेमा कुनै गुनासो?
हेर्नुस् कलाकारले न्यायाधिशको काम गर्ने होइन। तैपनि उनीहरुले गरेको व्यङ्ग्यले कसैलाई अन्याय परेको छ कि भनेर विचार भने पुर्याउनु पर्छ।
पर्शुराम बस्नेतलाई तपाईंले संरक्षण गरेको आसय पनि कलाकारले प्रकट गरे नि?
एउटा भ्रम यहाँ प्रतिविम्बित भएको मात्र हो। भ्रम मिडियाले नै सिर्जना गरेको हो।

सीताराम कट्टेल 'धुर्मुस'ले आफ्नै क्यारिकेचर गरेको देख्नुभयो। मिलेको छ त?
दर्शकले रुचाएका छन्। ताली बजेको छ, भनेपछि मिलेकै त होला नि।
दर्शकले रुचाएका छन्। ताली बजेको छ, भनेपछि मिलेकै त होला नि।
राजनीतिक चटारोले छोएको छैन जस्तो छ। पूरै कार्यक्रम हेर्नुभयो नि?
फुर्सद भएर होइन दुइटा मिटिङ स्थगित गरेर आएको हुँ। पूरै कार्यक्रम हेर्ने नहेर्नेमा निश्चित थिएन। अहिले त नसकिएको भए पनि हुन्थ्यो जस्तो लागिरहेको छ।
फुर्सद भएर होइन दुइटा मिटिङ स्थगित गरेर आएको हुँ। पूरै कार्यक्रम हेर्ने नहेर्नेमा निश्चित थिएन। अहिले त नसकिएको भए पनि हुन्थ्यो जस्तो लागिरहेको छ।
कलाकारले पेश गरेको राजनीतिक 'गाईजात्रा' नियालेपछि कलाकारका 'गाईजात्रा' पनि बताइदिनु न?
कलाकारले घेरिएका नेताको मर्म बुझेर कलाकार मनोज गजुरेलले भने, 'हामी रिसाउँदैनौं भने हुन्छ।' ओलीले जवाफ फर्काए, 'बालकोटमै बस्नुपर्छ (गजुरेल पनि सोही ठाउँमा बस्छन्) विचार गर्नुपर्यो नि।'
कलाकारले घेरिएका नेताको मर्म बुझेर कलाकार मनोज गजुरेलले भने, 'हामी रिसाउँदैनौं भने हुन्छ।' ओलीले जवाफ फर्काए, 'बालकोटमै बस्नुपर्छ (गजुरेल पनि सोही ठाउँमा बस्छन्) विचार गर्नुपर्यो नि।'
source:-nagriknews
September 10, 2011 at 3:46 AM
Dhurmus rock n rolls