कत्थक देखाउन फेरि

काठमाडौ, श्रावण ३० - चर्चित कत्थक नृत्याङ्गना शोभना नारायणन तेस्रो पटक नेपाल आउँदै छिन् । यी कत्थक गुरुलाई भारतको ६५ औं स्वतन्त्रता दिवस अवसरमा भारतीय दूतावास र बीपी कोइराला नेपाल-भारत फाउन्डेसनले निम्त्याएका हुन् । उनले काठमाडौं, विराटनगर र वीरगन्जमा नृत्य पस्किनेछिन् ।  'उनको प्रस्तुतिलाई नेपालीहरूले धेरै मन पराएकोले यसपटक पनि निम्त्याएका हौं,' दूतावास काउन्सिलर अपूर्वा श्रीवास्तवले भनिन्, 'फेरि उनी काम पनि राम्रै गर्ने प्रतिभा हुन् ।' पद्मश्री, संगीत नाटक अवार्ड, गान्धी पुरस्कार लगायतबाट सम्मानित शोभना कत्थककी गम्भीर अध्येता एवं कत्थक सिद्धान्त पुनर्परिभाषित गर्ने विद्वान्का रूपमा समेत चिनिन्छिन् ।  उनले सयौं राष्ट्रका प्रमुख तथा सरकार प्रमुखका अगाडि नृत्य कौशल देखाइसकेकी छन् । शोभनालाई कारण सहितकी नृत्याङ्गनाको रूपमा समेत लिइन्छ, जो संगीतलाई मानवता र जनताको प्रत्यक्ष समस्यासँग समेत जोड्न चाहन्छिन् । कारगिल युद्ध तथा सुनामी पीडित परिवारलाई सहयोग जुटाउन उनले सांगीतिक अभियान नै गरेकी थिइन् । कत्थकलाई 'मन्दिरहरूको नाच' भन्दै केही मन्दिरहरूको दर्शन र इतिहासको अवधारणा विकास गरी नृत्य भिडियो निकाल्ने उनी नै प्रथम नृत्याङ्गना हुन् ।    कत्थक सम्बन्धी करिब एक दर्जन पुस्तक समेत लेखिसकेकी शोभना भारत तथा विदेशका धेरै विश्वविद्यालयमा अतिथि प्राध्यापकको रूपमा समेत क्रियाशील छिन् ।  'बहुआयामिक र गतिशील शोभना वास्तविक कत्थकको एक शास्त्रीय उदाहरण हुन्,' श्रीवास्तवले शोभनाको कामबारे भनिन्, 'जसले आजका दर्शकहरूलाई एक चुनौती प्रस्तुत गर्छिन् ।'  शोभना पछिल्लो पटक सन् २००८ मा नेपाल आएकी थिइन् । त्यति बेलाको दर्शक चाप र जिज्ञासालाई ख्याल राखी यस पटक तीन ठाउँमा उनको प्रस्तुति राख्न लागेको दूतावासले जनाएको छ । 



source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login