सहयोगको अपील

  मेरुदण्ड पक्षघातबाट पीडित एक युवा परिवारबाट अपहेलित भएका छन् । खनालथोक ४, घट्टेटारका २३ वर्षे प्रविण अधिकारी मेरुदण्डमा पक्षघात भई अपाङ्ग भएपछि परिवारबाट अपहेलित भएका हुन् ।  तीन वर्ष अगाडि साँझ खेतमा पानी लग्ााउन जाँदा बीपी राजमार्गमा लड्दा उनको मेरुदण्डमा असर परेको थियो । त्यही असरका कारणले कम्मरमुनिको भाग चल्दैन । उनलाई दिसा, पिसाब लागेको पनि थाहा हुँदैन ।  'बिरामी परेपछि मेरो जीवनमा खुसी कहिल्यै आएन,' उनले दुखेसो पोखे, 'सबैको छिछी र दुरदुर भई बाँचिरहेको छु ।' उनका बाबु भुवन विक्रमले दुई विवाह गरेका थिए । बिरामी हुनुअघि खनालथोक ५, नौबिसेस्थित घरमा सबै परिवारसँगै बस्ने गरेका थिए । पक्षघातबाट पीडित बनेपछि बाबुले उनी र उनको आमालाई घरबाट निकालिदिए । बाबुले निकालिदिएपछि उनीहरू गाउँको पुरानो घरमा बसिरहेका छन् । उनका बाबु कृषि विकास बैंकका पूर्वकर्मचारी हुन् ।   'मलाई घरबाट निकाली मेरो र आमाको बेवास्ता गर्न थालेपछि मैले बाबुसँग अंश मागें । आमा काम गर्न नसक्ने भएकाले त्यही अंश बेचेर आएको पैसा बैंकमा राखेर आएको व्याजले मेरो उपचार र दुई ज्यानको पेट पाल्ने आधार बनाउँला भन्ने सोचेको थिएँ,' उनले भने, 'त्यसपछि मैले गाउँलेसँग सहारा मागें । गाउँको माझमा अंश दिने सहमति पनि बुबाले गर्नुभयो । सहमति भएको केही दिनपछि घरमै आएर तँलाई केको अंश, तैले के गर्न सक्छन् भनेर ममाथि हातपात गर्नुभयो । अनि मेरो सहारा बनेको वाकर पनि भाँचिदिनुभयो । त्यो वाकर मामाले किनिदिनुभएको थियो ।' बाबुले अपहेलना गरेपछि उनलाई बिहान बेलुका पेट पाल्न पनि धौधौ छ । घटना हुँदा प्रविण सञ्जीवनी क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक प्रथम वर्षमा अध्ययनरत थिए । 'जसको रगत यो शरीरमा बगिरहेको छ, उसलाई त मेरो अवस्था देखेर चित्त दुखेन भने अरूले के गर्लान् ?', उनले थपे, 'बिरामी हुनुअघि आफैँ केही गर्छु भन्न्ो सोचेको थिएँ, आज सहारा खोजिरहेछु ।'इच्छुक सहयोग गर्न चाहनुहुने     संघ, संस्था दान वीर ज्यु हरुले मेरो धुलिखेल काभ्रे इस्थित नबिल बैंक म रहेको बचत खाता नम्बर म जम्मा गर्न सक्नु हुनेछ  प्रबिन अधिकारि  नबिल बैंक  धुलिखेल शाखा  बचत खाता नम्बर 42-100-175-00-587 ४२१००१७५००५८७


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

1 commentaires

  1. hi namaskaar,prabin vai ko samasiye maile padhe.ma aarthik help garna nasake pani treatment garne thau dekhai din6u treatment atinai sasto r var pardo 6.hospital ma haina ktm ma kupandol ma auta energy healing 6.tiha jasta birami ko pani treat ment hun6 jastai.BP,daibetis,cancer,mirgaula. apanga.manishma vaka derai rog haru tiha niko hun6.r ma tihako phone N.din6u tu cal garnu hola haita.9841898884 B shahi ho name r landline ko 015520471ho r thiyo vai ko suswasthko kamana garda6u.

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login