पत्रकार सम्मेलन गर्दै पूर्वराजा ज्ञानेन्द्र

 ज्ञानेन्द्र निवासमा जन्मोत्सवको रौनक 
काठमाडौं, २३ असार :लामो समयदेखि पत्रकारसँग कुनै प्रतिक्रिया नदिनुभएका पूवराजा ज्ञानेन्द्रले देशको पछिल्लो स्थिति र आफ्नो भूमिकाबारे बोल्नुहुनेभएको छ। आफ्नो ६५औं जन्मोत्सवमा शुभकामना दिन आउने जनतासँग सम्मान ग्रहण गरेलगत्तै उहाँले अनौपचारिक रूपमा पत्रकार सम्मेलन गरी देशको परिस्थितिका बारेमा समेत बोल्नुहुनेभएको छ।पूर्वराजाका सहयोगी डा.फणिराज पाठकले पछिल्लो समयमा देशको ब्रि्रँदो परिस्थितिबारेमा बोल्नुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो। 'जनचाहना अनुरूप देशवासीलाई सन्देश दिन लाग्नुभएको हो’ -उहाँले भन्नुभयो। निर्मल निवासमै आयोजना गर्न लागिएको समारोहमा दिउँसो पत्रकारसँग कुराकानी गर्न लाग्नुभएको सहयोगी डा. पाठकले बताउनुभएको हो।पर्ूवराजा ज्ञानेन्द्रलाई राजावादीले देश र जनताको चाहनाअनुसार पटकपटक बोल्न आग्रह गरेपछि बोल्न लाग्नुभएको हो।जन्मोत्सवको अर्कै रौनकयसैबीच पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव मनाउन गठित नागरिक मूल समारोह समितिले आज बिहान साढे १० बजे उहाँको अभिनन्दन गर्ने भएको छ। बिहान साढे ९ बजे नारायणगोपाल चोकमा जम्मा भएर झाँकी र जुलुससहित निर्मल निवासमा पुगी अभिनन्दन गर्ने कार्यक्रम रहेको छ।मूल समारोह समितिका महासचिव राधेश्याम थापाले विगत वर्षो तुलनामा यस वर्षभव्य रूपमा जन्मोत्सव मनाउन लागिएको जानकारी दिँदै उहाँले सयौंको संख्यामा जनसहभागिता गराउने दाबी गर्नुभयो। हिजो बुधबारदेखि तीन दिनसम्म आयोजना गर्न लागिएको कार्यक्रममा हिजो बुधबार कमलादी गणेशमा पूजाअर्चना गरिएको थियो।

मेचीकाली
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login