मुलुकभरका विद्यालयमा पढाइ ठप्प

२४ असार, काठमाडौँ । नेपाल शैक्षिक गणतान्त्रिक मञ्चको आहृवानमा शुक्रबार उपत्यकासहित मुलुकभरका सार्वजनिक तथा निजी विद्यालयका पठनपाठन ठप्प भएका छन् ।

मञ्चले यसअघि पटकपटक आन्दोलन मार्फत ध्यानाकर्षण गराउादा पनि आफ्ना मागहरुबारे सरकार र सम्बद्ध निकायले चासो नदेखाएको भन्दै ३३ शुत्रीय मागसहित बन्द आहृवान गरेका कारण मुलुकभरका पूर्वप्राथमिकदेखि कक्षा १२ सम्मको पठनपाठन अवरुद्ध भएको हो ।

सेवा अवधि गणना गरी अस्थायी शिक्षकलाई प्रकृया पुर्‍याएर स्थायी गर्नुपर्ने, सामुदायीक विद्यालयका शिक्षक तथा कर्मचारीलाई स्थायी दरवन्दी व्यवस्था गर्नुपर्ने तथा आस्थाका आधारमा पेशाबाट हात धुन बाध्य पारिएका शिक्षकहरुको पुनर्वहाली हुनुपर्नेलगायतका माग राखेर मञ्च आन्दोलनमा उत्रिएको हो । मञ्चका महासचिव लालबहादुर बीसीले माग पूरा नभए आउँदो दिनमा थप कडा संघर्षमा उत्रने चेतावनी दिए ।

यसअघि मञ्चको आहृवानमा अस्थायी शिक्षकले शिक्षामा लगाइादै आएको कम्पनी ऐन खारेजी, विद्यालयका शिक्षक कर्मचारीको एउटै साझा संगठन निर्माण, शिक्षक तथा कर्मचारीको निशुल्क बिमाको व्यवस्था, शिक्षा ऐन २०२८ खारेज गरी नयाँ शिक्षा ऐन लागू गर्नुपर्ने लगाएतका माग राखेर बुधबार र बिहीबार नायाँ बानेश्वरस्थित संविधान सभा भवन अगाडि धर्ना दिएका थिए । मञ्चले आज पनि अपरान्हृ संविधानस सभा भवन अगाडि प्रशर्दन गर्ने महासचिव थापाले जानकारी दिए ।


onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login