एकै परिवारका चार जनाको हत्या एकको अवस्था गंम्भीर

डिल्लीराम खतिवडा उदयपुर, अषाढ २३ - अज्ञात समूहले उदयपुरको ठानागाउँ गाविस, ५ मा बुधबार राति एकै परिवारका चार जनाको हत्या गरेको छ । हतियार सहित आएको समूहले खेसबहादुर मगर, उनकी पत्नी र दुई छोरीको हत्या गरेको स्थानीय दलबाहदुर ठकुरीले बताए ।   हत्याराले खेसबहादुरका ९ वर्षीय छोरा नेत्रबहादुरलाई समेत आक्रमण गरी घाइते बनाएको छ । हत्या गरिएका खेसबाहदुरकी पत्नी र दुई छोरीको नाम नखुलेको दलबहादुरले बताए । नेत्रबाहदुरको शरिरमा धारीलो हतियारले जताततै काटिएको अवस्थामा छाडिएको  स्थानीयले बताएका छन्  । उनको अवस्था गम्भीर छ ।  ४ छोरी, दुई छोरा र पत्नी सहित ८ जनाको परिवार रहेका खेसबाहदुरकी दुई छोरी र एक नाबालक छोरा भने शकुसल रहेको दलबहादुरले बताए । एउटी छोरी जिल्लाको कटारी बजारमा ज्याला मजदुरी गरेर उतै बस्ने गरेको र अर्की छोरी गाउँ तिर गएकाले बच्न सफल भएकी हुन् । खेसबाहदुरका कान्छा छोरा ११ महिनाकोमात्रै भएकोले उनलाई हत्यारले केही नगरेको  स्थानीयले टेलिफोनबाट इ–कान्तिपुरलाई जानकारी दिए ।  हत्याको कारण र समूहको पहिचान हुन नसकेको स्थानीयले जनाएका छन् । गाउँमा गएकी छोरी बिहान घर आउदाँ हत्या भएको खुलेको हो । खेसबहादुरको घर एकान्तमा भएकाले हत्याबारे राति गाउँलेले थाहा नपाएको दलबहादुरले बताए ।    प्रहरी चौकी रुपटारलाई हत्याको जानकरी दिन खेसबहादुरका छिमेकी महेन्द्र मगर, बेदकृष्ण मगर र युवराज मगर गएको दलबहादुरले जनाए ।  हत्याको जानकारी आइनपुगको प्रहरी नायव उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बताए । 


ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login