अमेरिकी बसाइ, भुटानको सम्झना

सेन्ट लुइस (अमेरिका), श्रावण २ - शरणार्थीका रूपमा तीन वर्षअघि अमेरिका छिरेका ७५ वर्षे सनमान कार्कीलाई भौतिक सुखसुविधामा खासै चिन्ता छैन । चिटिक्क परेको अमेरिकी घर, वृद्ध भत्तासहित उनी सेन्ट लुइसमा बस्छन् । छोरा, बुहारी, नाति, नातिना साथमै छन् । मन भने हमेसा जन्मे/हुर्केको गाउँमै पुग्छ ।  'चित्तै बुझ्दो रहेनछ,' असार मध्यको एक दिन उनले आफ्नै निवासमा भने, 'घरमा खेती गरेको, साथीसंगीसँग रमाएको देख्छु । दिउँसभर यतै रमाए पनि सपनीमा चाहिँ उतै पुग्छु ।' 
 कति सपनामा त उनी आफ्नो खेतबारी फन्फनी घुमेको देख्छन् । झन् यो बेला असारे रमाइलोको सम्झनाले उनलाई उचाल्दो छ । गेलुम्फुङ, ललाई भन्ने ठाउँमा आफ्नो पर्याप्त खेतबारी भएको उनी सुनाउँछन् । 'वर्षमा ८५ मुरीसम्म धान उब्जाउँथे,' अमेरिका पसेका भुटानी समुदायका अगुवामध्ये एक यी वृद्ध भन्छन्, 'यहाँ -अमेरिका) त घर कुर्दै र गाउँका साथीसंगी सम्झँदै दिन बित्छ ।'  अमेरिकालगायत मुलुकले सन् २००८ देखि नेपालमा रहेका भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास कार्यक्रम सुरु गरेका हुन् । गत महिनासम्म अमेरिकाका विभिन्न सहरमा ४० हजार ९ सय ७१ जनाले पुनर्वास पाएको तथ्यांक छ ।  तीमध्ये सबैभन्दा बढी जर्जियामा छन् । सेन्ट लुइस, सिकागो, डेनभर, न्युयोर्क, वासिङटन डिसी, भर्जिनिया, टेक्सासलगायत ठाउँमा उनीहरू बसेका छन् । हरेक राज्यमा पुगेका भुटानी समुदायले बेग्लै संगठन पनि बनाएका छन् ।  'पहिले थोरै थियौं । को, कहाँ छ र कसरी बसेको छ भन्ने सजिलै थाहा हुन्थ्यो,' सेन्ट लुइसस्थित भुटानी संगठनका अध्यक्ष मनोज नेपालले कान्तिपुरसँग भने, 'संख्या बढ्दै गएपछि काम गर्न सजिलोका लागि हामीले संगठन बनाएका हौं ।'  अधिकांश भुटानीले अमेरिका आएको ६ महिनामा रोजगारीका अवसर पाउने गरेका छन् । त्यसअघि भाषा सिकाउनेदेखि खान, बस्नको प्रबन्ध अमेरिकी सरकारले नै गर्दै आएको उनीहरूले सुनाए । उनीहरूले होटल, रेस्टुराँ, ग्यास स्टेसन, स्टोर, पेट्रोल पम्पमा काम पाउने गर्छन् । ६५ वर्ष पार गरेका वृद्ध, वृद्धालाई भने सरकारले भत्तासमेत दिँदै आएको छ ।  अशिक्षित र उमेर ढल्केकालाई भन्दा पढेका युवा पुस्ताका भुटानीको अमेरिकी बसाइ सजिलो भएको छ ।  'पढ्न नजान्नेहरूलाई एक वर्षसम्म अप्ठ्यारो नै हँुदो रहेछ,' सन् २००८ को मे महिनादेखि अमेरिका बस्दै आएका तन्नेरी राजीव गुरुङले भने, 'अशिक्षित समुदायलाई भाषा सिकाउने र रोजगारीमा लगाइदिने कामसमेत भुटानी संगठनले गर्दै आएको छ ।'  केही भुटानीले भने आफ्नै डिपार्टमेन्टल स्टोर, रेस्टुराँसमेत सञ्चालन गरेका छन् । 'गुरुङ बजार' नाम दिई स्टोर सञ्चालन गरेका ५० वषर्ीय दल गुरुङ सपरिवार मिजुरीमा छन् । 'म ३० वर्ष हुँदा नेपाल गएको थिएँ,' शरणार्थी हुँदाको स्मरण गर्दै उनले भने, 'शिविरको टहरोमा निकै घामपानी सहनु पर्‍यो । अनुदानको चामल खाएर दिन बिते ।'  श्रीमती शोभा, तीन छोरा, दुई बुहारी, नातिसहित उनी अमेरिकामा रमेर बसेका छन् । सात जना दाजुभाइमा आफ्नो परिवारमात्र नेपालमा शरणार्थी हुनुपरेकामा उनी खिन्न छन् । 'नेपाल हुँदै पनि म बोर्डरसम्म आफन्तलाई भेट्न जान्थें,' उनी भन्छन्, 'अहिले टाढै भए पनि गाउँका प्रायः इष्टमित्रसँग इन्टरनेटमार्फत कुरा गरिरहेकै हुन्छु ।'   


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login